arrow

व्यापारीको हतियारसहित नकाब लगाएकाले गरे बाटोबाटै अपहरणको प्रयास

logo
प्रकाशित २०७५ फागुन २६ आइतबार
apaharan.jpg

सप्तरी ।  बोदे बसाइन नगरपालिकाबाट गए राति एक व्यापारीको अपहरण प्रयास गरिएको छ । डाकनेश्वरी नगरपालिका–१ घर भई बोदे बसाइन–५ मा कपडा पसल सञ्चालन गरी बसेका ३२ वर्षीय मो. जियाउल हकलाई बाटोबाटै अपहरण गर्न खोजिएको हो ।

अपहरण गरी भारततर्फ लैजान लागेका बेला सीमा सुरक्षा बलका भारतीय प्रहरीले रोकी सोधपुछ गर्न थालेपछि अपहरणकारी भागेका र आफ्नो ज्यान जोगिएको हकले बताए । पसल बन्द भएपछि राति मोटरसाइकलबाट घर फर्किरहेका बेला हतियारसहित नकाब लगाएका ८-१० जना अपहरणकारीले कुटपिट गरी अपहरण गर्न खोजेको उनले बताए ।

अपहरणकारीसँग कटुवा पेस्तोलसमेत रहेको र गम्छाले हात बाँधेर डाकनेश्वरीको होटेल हुँदै भारतको लौकहीतर्फ लैजान लागेको बेला भारतीय प्रहरीको गस्ती टोलीका कारण आफू जोगिएको उनले बताए । कुटपिटबाट घाइते हकको पिठ्युभरी निलडाम लागेको छ भने टाउको फुटेको छ । घटनापछि हकका परिवारका सदस्यले अपहरणको प्रयास गर्नेलाई खोजेर कारवाही गर्न जिल्ला प्रहरी कार्यालय समक्ष माग गरेका छन् ।

 अपहरणकारीको बारेमा अनुसन्धान भइरहेको र शंकास्पद डाकनेश्वरी–१ का तीनलाई नियन्त्रणमा लिई सोधपुछ भइरहेको प्रहरी नायब उपरीक्षक भावेश रिमालले बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ