arrow

महेश बस्नेतको सिटामोललाई भिम रावलको देशभक्तीको चक्की

logo
प्रकाशित २०७५ फागुन २६ आइतबार
Bhim-rawal.gif.gif

काठमाडौं। सिके रावतको मागलाई सम्वोधन गर्दै केपी ओली नेतृत्वको नेकपाको सरकारले जनमत संग्रहलाई स्विकारेको कुराले राजनीतिक रुपमा तरंग ल्याएको छ। 

स्वयं नेकपा भित्र पनि यसले हलचल पैदा गरेको छ। प्रधानमन्त्री केपी ओली निकट नेताहरुले सरकार र स्वतन्त्र मधेश अभियानबीच भएको सहमतीको विरोध गर्नेलाई सार्वजनिक रुपमा तेजोबध गर्न थालेका छन्। 

सांसद महेश बस्नेतले सरकार र अभियानबीच भएको ११ बुँदे सहमतिले टाउको दुख्नेहरुलाई सिटामोल खुवाउनु पर्ने र केहि दिनमा उनीहरुको टाउको दुख्ने र ज्वरो आउने क्रम रोकिन बताएका छन्। प्रतिपक्षी कांग्रेस सहित आफ्नै पार्टीका भिम रावल लगायतका नेताहरुले सहमतिको कडा शब्दमा आलोचना गरिरहँदा ओली निकट बस्नेत बचाउमा उत्रिएका हुन्। 

बस्नेतको सिटामोलको सल्लाह पछि सामाजिक सञ्जाल ट्वीटरमा रावलले देशको हितमा बोल्दा कसैको टाउको दुःखे देशभक्तिको चक्कि खानु उचित हुने काउन्टर सुझाव दिएका छन्। रावलले ट्वीटरमा लेखेका छन्ः

नबुझि प्याच्च बोल्नु विवेकी काम होइन । मैले सभागृहमा भेला कहिल्यै गरेको छैन । अलग पार्टी खोल्ने कुरा गरेको छैन बरू पार्टी मिलाउने काम धेरै पटक गरेको छु । झण्डै १७ वर्ष अघि मिन भवनमा एमाले सुदुरपश्चिम क्षेत्रीय समन्वय कमिटीका ३५ सूत्रीय मागहरूबारे जानकारी गराउन भेला गरेको थिए। वुटवल महाधिवेशनमा छाप लागेका एक बाकस मतपत्र नगनि थन्क्याइए पछि मैले त्यस्तो अनुचित कामप्रति विरोध जनाई शपथ ढिलो लिएको हुँ । महाधिवेशन स्थलमा शपथ नलिने अरू पनि हुनुहुन्थ्यो । मैले शपथ लिनेबेला एमालेको नेतृत्वमा सरकार बन्ने कुरै थिएन, पछिपनि मैले मन्त्री हुन खोजेको होइन । अत्यन्त प्रतिकूल स्थिति समाल्न भनिएकोले जिम्मेवारी लिई दृढताका साथ काम गरेको हुँ । जानकारी होस्, देश शान्ति प्रक्रियामा रहेको बेला एमाले पार्टीले मलाई शिक्षामन्त्रीमा पठाउने निर्णय गर्दा राजीखुशी अरू साथीलाई मन्त्री बनाउन पार्टीलाई अनुरोध गर्दै वालुवाटारमा संयुक्त सरकारको साझा सहमतिको न्यूनतम कार्यक्रम बनाउने काममा खटिरहने म नै हुँ । अहिले देशको हितमा बोल्दा कसैको टाउको दुःखे देशभक्तिको चक्कि खानु उचित होला।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ