arrow

इथोपियन एयरलाइन्समा ज्यान गुमाउने को हुन एकता अधिकारी?

logo
प्रकाशित २०७५ फागुन २६ आइतबार
ekata-adhikari.jpg

काठमाडौं। १५७ जनाको ज्यान जाने गरि भएको दुर्घटना भएको इथोपियन एयरलाइन्समा ज्यान गुमाउने नेपाली नागरिक एकता अधिकारी रहेको पुष्टि भएको छ ।

अधिकारी इथियोपियाको अदिस अबाबास्थित विश्व खाद्य कार्यक्रम डब्लूएफपी कार्यालयमा सप्लाई चेन अफिसरका रुपमा कार्यरत् थिइन् ।

नेपालको गोर्खा मूल घर भएकी अधिकारी आइतबार नैरोबीमा डब्लूएफपीकै एक बैठकमा सहभागी हुन जाँदै थिइन् । 

एकता सूचना व्यवस्थापन अधिकृतका रुपमा काम गर्न सेप्टेम्बर २०१८ मा मात्र इथियोपिया पुगेकी थिइन् । डिसेम्बरदेखि भने उनले सप्लाई चेन अफिसरको नयाँ जिम्मेवारी सम्हालेकी थिइन् ।

पपुआ न्यू गिनी र नेपाल कार्यालय गरि एकताले कुल तीन वर्ष १० महीना विश्व खाद्य कार्यक्रममा काम गरेकी थिइन् ।

गोरखाकी उनले बेलायतको एंगीला रस्किन विश्वविद्यालयबाट व्यवस्थापन विषयमा स्नातक र स्नातकोत्तर गरेकी थिइन् ।

नेपालकी अधिकारी सहित ३६ देशका १५७ जनाको दुर्घटनामा ज्यान गएको हो। 

इथियोपियाको राजधानी अदिस अबाबाबाट नैरोबीका लागि १४९ यात्रुसहित ८ जना चालक दलका सदस्य लिएर आइतबार उडेको विमान दुर्घटनामा हुँदा विमानमा रहेका सबै जनाको मृत्यु भएको इथियोपियाली राज्य सञ्चालित सञ्चारमाध्यमले बताएका छन् ।

इथियोपियन विमान कम्पनीलाई उद्धृत गर्दै फाना ब्रोडकास्टिङ कर्पोरेटले विमानमा रहेका सबै जनाको मृत्यु भएको जनाएको हो ।

इथियोपियाली विमान कम्पनीको बोइङ ७३७–८०० म्याक्स अदिस अबाबा बोल इन्टरनेशनल एअरपोर्टबाट विहान ८ः३८ मा उडेको र उडेको छ मिनेटपछि नै विमानको टावरसँग सम्पर्क विच्छेद भएको विमान कम्पनीले एक विज्ञप्तिमार्फत जानकारी गराएको छ ।

विमान इथियोपियाको राजधानी अदिस अबाबाबाट ४५ किलोमिटर दक्षिणपूर्वमा अवस्थित बोसोफ्टु शहर नजिकै दुर्घटनाग्रस्त भएको विज्ञप्तिमा जनाइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ