arrow

सहमतिमा दुवै पक्षको नियतमा खोट देखियो – डा कोइराला

logo
प्रकाशित २०७५ फागुन २७ सोमबार
shekhar-Koirala.jpg.jpeg

काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाले केपी शर्मा ओली नेतृत्वको सरकार र बिखण्डनको नारा लगाउँदै हिँड्ने स्वतन्त्र मधेशका अभियन्ता सिके राउतबीचको सहमतिले नेपाली राजनीति तरंगित भएको बताएका छन् । 

उनले विद्रोही समूहलाई संविधान र राज्यको मूलधारमा ल्याईनु उपयुक्त भए तापनि सहमतिको दोस्रो बुँदामा उल्लेखित ‘जनअभिमत’ (जनमत संग्रह) शब्द राष्ट्रिय स्वाधिनता एवं अखण्डताको बिपक्षमा देखिने उल्लेख गरेका छन् । 

नेता कोइरालाले  यसलाई नेपाली जनता कुनै पनि हालतमा स्विकार गर्नै सक्दैनन् भनेका छन् । डा कोइरालाले यस सहमतिमा दुवै पक्षको नियतमा खोट देखिएको जिकिर गरेका छन् । 

‘सहमतिको मसी सुक्न नपाउँदै जनकपुरमा सिके राउत समूहको जुन परिदृश्य देखियो त्यसले हामीलाई गम्भिर मात्रै बनाएको छैन बरु हामीलाई झस्काएको समेत छ ।’ उनले भनेका छन् । 

डा कोइरालाले दुवै पक्षबाट यसको अबिलम्ब निदान हुन जरुरी रहेको समेत उल्लेख गरेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ