arrow

सिके राउत मुलधारमा आउँदा हामी किन आत्तिने ? 

logo
प्रकाशित २०७५ फागुन २७ सोमबार
Laxman-Lal-Karna-hindi.jpg.jpeg

काठमाडौं । राष्ट्रिय जनता पार्टी राजपा नेपालका नेता तथा संसदीय समितिका सभापति लक्ष्मणलाल कर्णले स्वतन्त्र मधेशका अभियन्ता सिके राउत मुलधारको राजनीतिम आउँदा नआत्तिएको बताएका छन् । 

उनले काँग्रेस, एमाले, माओवादी जस्ता ठूला पार्टीहरुसंग लडेको दलले राउतसंग आत्तिनुपर्ने कुनै कारण नै नरहेको बताए । 

उनले भने, ‘हामीलाई जनताले विश्वास गर्छन्, हामीले जनताका काम गरिरहेका छौं फेरि राउतसंग किन आत्तिने ?’

उनले आन्दोलित राउतसंग सरकारले सहमति गर्नु राम्रो भए पनि राउतसंगको सहमतिप्रति भने शंका व्यक्त गरेका छन् । 

नेता कर्णले आफ्नो पार्टीले के गरिरहेको छ भनेर ख्याल नगरेको बताएका छन् । 

मधेशका नेताहरुले मधेशमा संघीय फोरम र राजपालाई टक्कर दिन प्रधानमन्त्री केपी शर्मा ओलीले राउतलाई अगाडि सारेको आरोप लगाउँदै आएका छन् । 

तर नेताहरुले राउतको नियत उदांगो हुँदै गएको समेत स्पष्ट पार्दै आएका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ