arrow

'राष्ट्रघाती सम्झौता गर्ने प्रधानमन्त्री ओलीले नैतिकताका आधारमा राजीनामा दिनुपर्छ'

logo
प्रकाशित २०७५ फागुन २७ सोमबार
shankar_bhandari.jpg

दमौली । नेपाली कांग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारीले पृथकतावादी सिके राउतसंग राष्ट्रघाती सम्झौता गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने बताएका छन् ।

प्रधानमन्त्री ओलीको राष्ट्रघाती कदमले सिङगो मुलुकको शीर निहुराएको भण्डारीको भनाई रहेको छ । पछिल्ला घटनाक्रम हेर्दा राउतको रिहाई र सम्झौतामा आशंका गर्ने प्रशस्त ठाउँ रहेको भण्डारीको तर्क छ।

सरकारसंग सम्झौता पत्रमा हस्ताक्षर गरेर जनकपुर पुगेका राउतले जुन हर्कत देखाएका छन् त्यो नेपाल र नेपाली जनतालाई स्वीकार्य नहुने समेत उनले बताए ।

'राष्ट्रिय स्वाधिनताकाका विषयमा निर्णय गर्दा सरकारले प्रतिपक्ष, अन्य राजनीतिक दल र बुद्धिजीविहरु संग गहन छलफल गर्नुपर्ने तर पृथकतावादी राउतसंग सम्झौता गर्दा यो विषयमा सरकार चुकेको छ', भण्डारीले भने ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ