arrow

सिके राउतले राष्ट्रिय सभाबाटै बिखण्डनको नारा लगाउने 

logo
प्रकाशित २०७५ फागुन २७ सोमबार
oli-ck.jpg

काठमाडौं । बिखण्डनको नारा लगाउँदै आएका स्वतन्त्र मधेशका अभियन्ता सिके राउतले अब राष्ट्रिय सभाबाटै बिखण्डनको नारा लगाउने भएका छन् । मधेशबाट मात्रै बिखण्डनको नारा लगाउँदै आएका राउतलाई प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सभा सदस्य बनाउने बचन दिएको दावी गरिएको छ । 

गत शुक्रबार भएको ११ बुँदे सहमतिसंगै राष्ट्रिय सभा सदस्य बनाउने भद्र सहमति भएको बताइएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सहमतिको समयमै राउतलाई आफ्नो पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसंग दाँजेर राष्ट्रिय सभामा ल्याउने संकेत गरेका थिए । 

राउतलाई ठूलै विद्धान बताएर ओलीले मिस गर्न नचाहेको बताएका थिए । ११ बुँदै सहमतिसंगै राउतले आफ्नो हैसियत खोजेकाले उनलाई राष्ट्रिय सभा सदस्य बनाउने निष्कर्षमा प्रधानमन्त्री ओली पुगेको बताइन्छ । 

निर्णय ओलीको पोल्टामा 
ओलीको विशेष आग्रहमा मुलुक विखण्डनको एजेन्डा छाडेर मूलधारको राजनीतिमा आउने प्रतिवद्धता जनाएका राउत राष्ट्रियसभा सदस्य बन्नेमा उत्साही नदेखिएको स्पष्ट भएको छ । 

यदि यो भद्र सहमति भएको थियो र राष्ट्रिय सभा सदस्यको लोभ भएको भए राउतले सहमतिको ४८ घण्टाभित्रै फेरि मुलधारको राजनीति छाडेर बिखण्डनको मुद्दामा लाग्ने थिएनन् । 

तर जब ओलीले राउतको बौद्धिक क्षमता देशहितका लागि लगाउन खोजे उनी बढी नै उत्साही भएर सहमतिको केही समयपछि नै सामाजिक संजालमा जनमतसंग्रहको विषय उठाएर आफूलाई अब्बल सावित गरे । 

ओलीले उनका बारेमा थप केही बोलेका छैनन् । यदि बोलेनन् भने उनको राउतप्रति मौनसमर्थन रहेको स्पष्ट हुन्छ ।

अब ओलीले तत्काल एक्सनका लागि गृहमन्त्रालयलाई निर्देशन दिएनन्भ ने त्यो ठूलो दुर्भाग्य हुनेछ । यदि त्यस्तो गरेनन् भने सिके राउत शानसंग ओलीकै स्वागतमा राष्ट्रिय सभामा पुग्नेछन् र स्वतन्त्र मधेशको नारा घन्कउने छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ