arrow

सिके राउत र सरकारबीचको संझौता भ्रमपुर्ण र रहस्यमय : कमल थापा

'जनकपुरमा राउत पक्षधरका समर्थकहरुले गरेको प्रदर्शनले सरकार उदांगिएको छ'

logo
प्रकाशित २०७५ फागुन २७ सोमबार
kamal_thapa21.jpg

दाङ। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री कमल थापाले वर्तमान सरकारले हालै तराइ विखण्डनबादी नेता सिके राउतसंग गरेको संझौता कुटिल, भ्रमपुर्ण र रहस्यमय भएको भन्दै यसले राज्यलाइ थप विखण्डन तर्फ धकेल्ने बताएका छन्  । तुलसीपुरमा राप्रपा नेता थापाले विखण्डनवादी नेता राउतले आफ्नो अभिष्ट पुरा गर्न सो संझौता गरेको बताए ।
   
‘वर्तमान सरकारका प्रधानमन्त्री केपी शर्मा ओली र राउतबीच भएको संझौता भएको लगत्तै जनकपुरमा सिके राउत पक्षधरका समर्थकहरुले गरेको प्रदर्शनले सरकार उदांगिएको छ, सरकारको सुरक्षाघेराभित्रै विखण्डनकारी नारावाजी हुनु अत्यन्तै दुर्भाग्यपुर्ण हो’ थापाले भने। संझौताको दस्तावेज आएको लगत्तै राउतले फेरी आफु तराइलाइ भिन्न पार्ने विषयमा जनमत संग्रहमा जाने माग नछाडेको भन्नु कुटिल चाल भएको पनि उनले बताए ।
 
उनले राप्रपा धर्म निरपेक्षता गणतन्त्र र संघियताकै विषयमा पुर्नविचार गरौं भन्ने मागमा रहेको बताउंदै सरकारले आफ्ना माग पुरा नगरे चैत १ गतेदेखि जनसंघर्षमा जाने पनि बताए । चैत १ गते सवै जिल्ला अध्यक्षहरु र केन्द्रिय समितिको बैठक बस्दैछ, त्यसपछि कस्तो जनसंघर्षमा जाने भन्ने निर्णय हुने पनि उनले बताए। त्यसैगरी उनले सर्वपक्षिय गोलमेच सम्मेलन वा गोलमेच सम्मेलन गरेर भएपनि धर्मिनिरपेक्षता हटाइ नेपाललाइ हिन्दु राज्य घोषणा गर्नुपर्ने पनि माग गरे।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ