arrow

दुईतिहाईको आडमा सरकार मुलुक विखण्डनतिर लागेको प्रकाशमानको आरोप 

logo
प्रकाशित २०७५ फागुन २७ सोमबार
Prakashman-Singh.jpg

काठमाडौं । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले सरकार दुई तिहाई शक्तिको आडमा मुलुक विखण्डनको बाटो तिर लागेको आरोप लगाएका छन् । सोमबार आयोजित एक कार्यक्रममा बोल्दै कांग्रेस नेता प्रकाशमान सिंहले सरकारले अझै पनि सस्तो लोक प्रियता हासिल गर्ने कुरा बाहेक केही पनि गर्न नसकेको आरोप समेत लगाए । 

आइतबार सदनमा गृहमन्त्री राम बहादुर थापाले सिके राउतसँगको छलफलबारे बोलिरहँदा जनकपुरमा सिके राउतको समर्थकले गरिरहेको प्रदर्शनले यसलाई पुष्टि गरेको उनको भनाई थियो । ११ बुँदे सहमति अनुसार जनकपुरको प्रदर्शनलाई के भनेर बुझ्ने भन्दै महत्त्वपूर्ण विषयहरुमा जिम्मेवार भएर प्रस्तुत हुन समेत सरकारलाई अपिल गरेका छन् । 

संविधानको मर्म र भावना विपरित खुलमखुला यसरी मुलुको स्वाधिनता बिरुद्ध भएका गतिबिधिप्रति जिम्मेवार बन्न समेत आग्रह गरेका छन् । संसदीय राजनीतिमा अहिले आफूहरुले हार बेहोर्नु परे पनि जनजनको मनमा कांग्रेसप्रति सकारात्मक सोच रहेकाले कांग्रेसलाई कमजोर सोचेर जेसुकै गर्ने छुट यो सरकारलाई नभएको समेत बताएका छन् । दुई तिहाइको नाममा मुलुकको अहित हुने काम आफूहरुलाई साहित्य नहुने समेत बताएका छन् । 

पार्टीभित्र अहिले पनि बहुमतको बलमा पेलेर जाने पद्दति बसाउन खोजिएकाले यसले पार्टी संगठनलाई राम्रो नगर्ने चेतावनी समेत दिएका छन् । अनुसान समिति बनाउने कुरामा तेरो मेरो भन्दा पनि सहतिको आधारमा सबैलाई मान्ने हुने खाल्को समिति बनाउनु पर्छ भन्ने आफूहरुको धारणा रहेकाले सहमतिका आधारमा गरिनु पर्ने निर्णयहरु समेत बहुमतीय आधारमा गर्न खोजे आफूहरुले बिधानको परिधि भित्र रहेर नै प्रतिवाद गर्ने समेत बताएका छन् । 

प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनमा उदयपुरमा एम्बुसमा परी घाइते भएका मीरा कटुवाललाई एकलाख आर्थिक सहयोग गरिएको छ । हरिबोल भण्डारीको अग्रसरतामा नेपाल–अमेरिका वेष्ट टेक्सास जनसम्पर्क समितिले संकलन गरेर पठाएको रकम काँग्रेसका नेता प्रकाशमान सिंहले मिरा कटुवाल लाई हस्तान्तरण गरेका हुन् । कार्यक्रममा नेता सिंहले संविधानअनुसार प्रजातान्त्रिक अभ्यासअनुसार निर्वाचन हुँदै गर्दा कटुवालसहित काँग्रेसका नेतामाथि आक्रमण हुनु प्रजातान्त्रिक प्रणालीमाथिको आक्रमण भएको बताए । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ