arrow

जनमत संग्रहमा जाने निर्णय भए कांग्रेस चुप लागेर बस्दैन : उदयशम्शेर राणा

logo
श्रीकृष्ण सिग्देल,
प्रकाशित २०७५ फागुन २७ सोमबार
udhayashamser.jpg

स्याङ्जा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य उदयशम्शेर राणाले सिके राउतसँग गरेको सम्झौता नेपाल र नेपालीका लागि अहित रहेको बताएका छन् । पूर्व अर्थराज्य मन्त्री समेत रहेका राणाले वर्तमान सरकारले सिके राउतसँग गरेको सम्झौतामा नागरिकको अभिमतले संसदमा प्रबेश गर्ने वातावरण बन्नेमा विश्वास गर्दै जनमत संग्रहमा जाने निर्णय भएमा नेपाली कांग्रेस चुपलागेर नबस्ने बताए ।

स्याङ्जाको भीरकोटमा आयोजित तेस्रो बयरघारी रमाईलो मेलाको समापन गर्दै राणाले सरकार र सरकारकै पार्टी भित्र देखिएको विभिन्न खाले प्रश्नले यो सरकार मधेशमा जनमत संग्रह गर्न खोजेको हो कि सिके राउतलाई मुलधारमा ल्याएको हो भन्ने प्रष्ट पार्न आग्रह गरे ।

उनले जनताले विश्वास गरेको सरकार जनताबाटै तिरस्कार हुन थालेको बताए।  जनताले आशा, भरोसा गरेका जनतालाई नैराश्यता बनाएको बताएका हुन् ।  नेपालको अर्थतन्त्र ओरालो लागेको बताउदै व्यापार घाटाले नेपाललाई आर्थिक लथालिङ्ग भएको आरोप लगाए । भ्रष्टाचार र बेथितिले निर्देशित हुन लागेको देश दुईतिहाईको दम्भले बिखण्डकारीहरुलाई सहकार्य गर्ने प्रविद्रिले नेपाल र नेपालीलाई निरासा बनाएको राणाको भनाई थियो ।

कलाकारले गाउन नपाउने, पत्रकारले लेख्न नपाउने देश निरकुश शासनले लादेर नेपाली जनताको स्वतन्त्रतामा अंकुश लगाउने काम गरेको बताए । विकासका कामलाई ढप्प पारेर देशको ढुकुटी घुमाउरो ढंगले लुट्ने रणनीतिमा लागेको आरोप राणााको थियो ।

कार्यक्रममा नेपाली कांग्रेसका पुर्व सभापति खगेन्द्रराज रेग्मी, प्रदेश सांसद मेखलाल श्रेष्ठ, भागवत प्रकाश मल्ल, भीरकोट नगर प्रमुख छायाराम खनाल, क्लवका अध्यक्ष राजकुमार गुरुङ, घनश्याम रिजाल लगायतका बक्ताले भीरकोट चिनाउन रमाईलो मेलाले महत्वपूर्ण भुमिका खेलेको बताएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ