arrow

कम्युनिष्टहरु लोकतन्त्रको भर्‍याङ चढेर साम्यवादको मन्दिरमा जादैछन् : पौडेल

logo
प्रकाशित २०७५ फागुन २७ सोमबार
ramchandra-poudel2.jpg

परासी । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सिके राउतसंग सरकारले गरेको संझौताले विखण्डनकारी शक्तिलाई मान्यता दिएका कारण जनकपुरमा स्वतन्त्र मधेशको नारा लागेको बताएका छन् । नेपाली कांग्रेस क्षेत्रीय कार्यसमिति क्षेत्र नं १ नवलपरासीले आयोजना गरेको वृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै पौडेलले जनकपुरमा सिके राउतको उपस्थितीमा स्वतन्त्र मधेशको नारा लागेको विषयमा सरकारले जवाफ दिनुपर्ने बताए ।

 वरिष्ठ नेता पौडेलले भने, ‘सिके राउतसंग सरकारले गरेको संझौताको भाषाका बारेमा सरकार बोल्दैन । जनकपुर पुगेर सिके राउत स्वतन्त्र मधेशको नारा लगाउछन् । अनि आम नागरिकले त्यो संझौताले स्वतन्त्र मधेशको नारा लगाउन छुट दिएको भनेर नबुझे  के बुझ्ने ?’ पौडेलले केपी ओलीले पटक पटक राष्ट्रवाद शब्दको दुरुपयोग गरेको समेत आरोप लगाए। उनले भने,‘केपी ओलीले आफु जतिको राष्ट्रवादी कोहि नभएको ढांग पिटेका थिए । आज उनका गतिविधीले के देखाइरहेको छ । अब मुलुकलाई कथित राष्ट्रवादी नारा लगाउने मान्छे होइन देशभक्त मान्छे चाहिएको छ ।’

कम्युनिष्ट सरकारका कारण एक वर्षको समय बेकाममा वितेको पौडेलले तर्क गरे। उनले भने, ‘गएको एक वर्षमा मुलुकलाई समृद्ध बनाउने सवैभन्दा उत्तम समय थियो । तर केपी ओली जीले त्यो समयको दुरुपयोग गर्नुभयो । एक वर्षको समय वर्वाद भयो । ओलीले एकवर्ष पुगेको अवसरमा विकासको पूर्वाधारको बसाएको भन्नुभयो तर नेपालमा विकासको जग नेपाली कांग्रेसले बसाएको हो । त्यस्त्रो माओवादीको द्धन्द, राजनीतिक अस्थीरता हुँदा पनि कांग्रेसले विकासको आधारशिला खडा गरेको हो र तर आज दुईतिहाईको सरकार भएका समयमा खै के भएको छ । उहाँहरुले के को जग बसाउनुभयो ।’

विगतमा भन्दा ओली नेतृत्वको दुई तिहाईको सरकारका पालामा भ्रष्टचार बढेको बताउदै उनले भने,‘पहिले पहिले यति लाखको भ्रष्टचार भयो भन्ने सुनिन्थ्यो तर अहिले अर्बको भ्रष्टचारको कुरा आउछन् । कम्युनिष्टहरुको बहुमत भएको लेखा समितिले वाइडबडिमा भ्रष्टचार भएको तथ्य सार्वजानिक गरेको छ । चिनि काण्ड, सुन काण्ड अहिले पंचायतकालमा जस्तै काण्डै काण्डको देश भएको छ ।’

कम्युनिष्टहरु राम्रा नारा दिएर जनतालाई ठगेर लोकतन्त्रको भर्‍याङ चढेर अधिनायवाद र साम्यवादको मन्दिरमा पुग्ने योजनामा रहेको पौडेलको भनाई थियो । उनले लोकतन्त्रको भर्‍याङ चढेर अधिनायवाद र साम्यवादको मन्दिरमा पुग्ने योजना अन्तरगत भ्रष्टचार मार्फत आर्जेको पैसाको खोलो बगाएर सत्ता कब्जा गर्ने योजनामा रहेको आरोप लागए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ