arrow

सरकार र सिके राउतको सहमति र त्यसपछिका गतिविधिप्रति कांग्रेसको आपत्ति 

logo
प्रकाशित २०७५ फागुन २८ मंगलबार
nepali-congress-flag.jpg.jpeg

काठमाडौं । सरकार र सिके राउतबीच भएको ११ बुँदे सहमति र त्यसपछि भएका गतिविधिप्रति नेपाली काँग्रेसले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । 

काँग्रेस संसदीय दलको कार्यालयले सहमतिका दुवै पक्षले सहमतिबारे गरेको अलग अलग व्याख्याले अन्योल सिर्जना गरेको भन्दै स्पष्ट पार्नसमेत आग्रह गरेको छ । 

काँग्रेसले नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, स्वाधिनता र स्वाभिमानलाई कमजोर पार्ने गरी कसैले पनि कुनै सम्झौता, सहमति गर्ने छुट पाउन सक्दैनन् भनेको छ । 

काँग्रेस प्रतिनिधिसभाका प्रमुख सचेतक बालकृष्ण खाँड र सचेतक पुष्पा भुषाल गौतम तथा राष्ट्रिय सभाकी प्रमुख सचेतक सरिता प्रसाई र प्रमुख प्रतिपक्ष दलका नेता सुरेन्द्र राज पाण्डेले हस्ताक्षर गरेको विज्ञप्तिमा सहमतिका प्रति दुवै पक्ष इमानदार रहँदै समान धारणाका साथ कार्यान्वयनमा गम्भीर हुनुपर्नेमा त्यस्तो नदेखिएकाले आशंका उत्पन्न भएको उल्लेख छ । 

विज्ञप्तिमा ‘राष्ट्रिय एकता तथा भौगोलिक अखण्डतामाथि आँच आउन प्रश्रय दिने सहमति तथा कृयाकलापप्रति हामी घोर आपत्ति प्रकट गदैछौं’ भनिएको छ । 
विज्ञप्ति–



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ