arrow

राष्ट्रपति बिद्यादेबी भण्डारीले न्यूयोकमा ‘शक्तिमा नारी’ विषयको उच्चस्तरीय बैठकलाई सम्बोधन गर्दै 

logo
प्रकाशित २०७५ फागुन २८ मंगलबार
Bidhya-Devi-Bhandari.jpg.jpeg

नयूयोक। अमेरिकाको न्यूयोक पुगेका राष्ट्रपति बिद्यादेबी भण्डारीले  मंगलबार हुने  ‘शक्तिमा नारी’ विषयको उच्चस्तरीय बैठकलाई  सम्बोधन गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ। नारी नेत्रीले विश्वलाई कसरी रूपान्तरण गर्छन् भन्ने विषयमा  राष्ट्रपतिले सम्बोधन गर्नेछिन। यसअघि हिजो राष्ट्रसङ्घीय महासभाका अध्यक्ष मारिया फर्नाण्डा इस्पिनोसा ग्रेसेसले आयोजना गरेको रात्रीभोजमा  राष्ट्रपतिले  सहभागिता जनाएको थियो।

राष्ट्रपति भण्डारी महिलाको स्थितिसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय आयोग (सीएसडब्ल्यू) को ६३औँ बैठकमा भाग लिने नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आइतबार  न्यूयोर्क प्रस्थान गरेकी हुन् । 

उच्चस्तरीय बैठकका क्रममा राष्ट्रपतिसँग राष्ट्रसङ्घको सचिवालयमा महासचिव एण्टोनियो गुटरेस र अध्यक्ष ग्रेसेसले शिष्टाचार भेट गर्ने कार्यक्रम छ। राष्ट्रपति भण्डारीले इष्टोनियाका राष्ट्रपति केर्स्टी कालजुलेड तथा क्रोएशियाका राष्ट्रपति कोलिण्डा ग्राबर किटारोभिचसंग पनि  द्विपक्षीय वार्ता गर्ने कार्यक्रम छ।

राष्ट्रपति भण्डारीसंग आयरल्याण्डका पूर्वप्रधानमन्त्री मेरी रबिन्सनले शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको परराष्ट मन्त्रालयले जनाएको छ।  
बुधबार  उनले संयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगको भ्रमण गर्ने कार्यक्रम छ। राष्ट्रपतिको सम्मानमा संयुक्त राज्य अमेरिकाका लागि नेपाली राजदूत अर्जुनकुमार कार्की र राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि अमृतबहादुर राईले संयुक्त रूपमा स्वागत समारोह आयोजना गर्नेछन।
राष्ट्रपति भण्डारी आउने  ३० गते न्यूयोर्कबाट काठमाडौँका लागि प्रस्थान गरेर चैत १ गते दिउसो काठमाडौ आइपुग्ने कार्यक्रम छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ