arrow

भीम रावलले दिए ओलीलाई काउन्टर

अलग देशको नेतासंग झै सम्झौता गरी स्वतन्त्र मधेश र स्वशासन जस्ता संविधान विपरीतका कुरा, मेरो विरूद्धको कुप्रचारको थोत्रो बर्कोले छोपिने छैनन्

logo
प्रकाशित २०७५ फागुन २८ मंगलबार
Bhim-rawal.gif.gif

काठमाडौं । राष्ट्रिय अखण्डताको कुरा गर्दा आफूलाई आफ्नै पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले तथानाम भनेपछि नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता भीम रावल पनि काउन्टरमा उत्रिएका छन् । 

उनले नेपाल आमालाई गालीगलौज गर्दै टुक्रयाउन मधेशीहरुसंग समेत साँठगाँठ गर्ने सिके राउतलाई राष्ट्रिय हिरोको सम्मान दिनु नै गलत भएको ओलीलाई सचेत पारेका छन् । 

रावलले अलग देशको नेता झैं सम्झौता गरी स्वतन्त्र मधेश र स्वशासन जस्ता संविधान विपरीतका कुरा गर्नु कहाँसम्मको खेल हो भनी प्रश्न गरेका छन् । 

नेता रावलले त्यस्ता गलत कुराहरु आफू विरुद्धको कुप्रचारको थोत्रो बर्कोले छोपिने छैनन् भनेका छन् ।

उनले ट्वीटरमा ट्वीट गरेको सन्देश यस्तो छ –‘नेपाल आमालाई गालिगलौज गर्दै टुक्र्याउन विदेशीहरूसंग समेत साँठगाँठ गर्ने सीके राउतलाई राष्ट्रिय हिरोको सम्मान दिदै अलग देशको नेतासंग झै सम्झौता गरी स्वतन्त्र मधेश र स्वशासन जस्ता संविधान विपरीतका कुरा, मेरो विरूद्धको कुप्रचारको थोत्रो बर्कोले छोपिने छैनन् ।’

रावलले गत शुक्रबार सिके राउतसंग सरकारले गरेको सहमतिप्रति सुरुदेखि नै आपत्ति जनाउँदै आएका छन् । जेलबाट छुटेको मान्छेसंग रातारात पार्टीमा छलफलसमेत नगरी विवादित सहमति गर्नु गलत भएको रावलले बताउँदै आएका छन् । 

ओलीले भने आफ्नो गल्ती ढाकछोप गर्ने क्रममा आफ्नो पार्टीदेखि विपक्षी सम्मलाई गाली गर्न छाडेका छैनन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ