arrow

सरकार शैक्षिक संस्थालाई कमजोर पारेर सर्वसत्तावादको बाटोमा हिँड्यो – डा शेखर कोइराला

logo
प्रकाशित २०७५ फागुन २८ मंगलबार
shekhar-Koirala.jpg.jpeg

काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले सरकार शैक्षिक संस्थाहरुलाई कमजोर पारेर सर्वसत्तावादको बाटोमा हिँडेको आरोप लगाएका छन् । 

उनले सामाजिक संजाल फेसबुकमा सन्देश लेख्दै उनले वर्तमान सरकार गठन भएदेखि नै नियोजित रूपमा शैक्षिक संस्थाहरू कमजोर बनाउने र दलिय आधारमा पदाधिकारीहरूलाई अनावश्यक दुःख दिने काम गरेर उनीहरूको मनोबल कमजोर बनाउने काम भएको जनाएका छन् । 

उनले भनेका छन्, ‘संस्कृत विश्वविद्यालयका उपकुलपतिलाई अपराधी जसरी विमानस्थलबाट पक्रनु, सुदुरपश्चिम विश्वविद्यालयका उपकुलपतिको निलम्बन, मध्यपश्चिम बिश्वबिध्यालयका रजिष्टारको बर्खास्ती, बिपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानका रेक्टर र रजिष्टारको सिफारिसमा उपकुलपति हटाइनु, त्रिबि अन्तर्गतका पद्मकन्या लगायत अधिकांश क्याम्पसमा प्रमुखको नियुक्ती हुन नसक्नु, राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानका उपकुलपति लगायत पदाधिकारीहरूमाथि कारबाहीको सिफारिस गरिनुले सरकार सर्वसत्तावाद हुँदै अधिनायकवादतर्फ अगाडि बढेको स्पष्ट देख्न सकिन्छ। सरकारको यस्ता हर्कतलाई नेपाली कांग्रेस लगायत लोकतान्त्रिक शक्ती, नागरिक समाज एवं बूद्धिजिवीहरूले एकताबद्ध भई जवाफ दिन जरुरी छ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ