arrow

सरकार–सिकेबीचको ११ बुँदे सम्झौता विरुद्ध नेविसंघको विरोध प्रदर्शन

logo
प्रकाशित २०७५ फागुन २८ मंगलबार
Saroj_thapa_NSU.jpg

काठमाडौं । सरकार र विखण्डनको आन्दोलन गरिरहेका स्वतन्त्र मधेश गठन्धनका संयोजक डा. सिके राउतबीच भएको ११ बुँदे सम्झौताको विरोधमा मंगलबार नेपाल विद्यार्थी संघले विरोध प्रदर्शन गरेको छ । मंगलबार त्रिचन्द्र क्याम्पस अगाडि नेविसंघका विद्यार्थीहरुले प्रदर्शन गरेका हुन् ।

'हिमाल पहाड तराई ,कोही छैन पराई' भन्ने नारा लगाउँदै विद्यार्थीहरुले राष्ट्रिय स्वाभिमान, भौगोलिक अखण्डता, जनताको सार्वभौमसत्तामाथि प्रहार गर्दै विखण्डनवादीलाई राजनैतिक मान्यता दिएको भन्दै सरकारको उनीहरुले विरोध गरेका छन् । जनअभिमतको नाममा नेपालको राष्ट्रिय अखण्डतामा धावा बोल्ने षड्यन्त्रको मतियार गैरजिम्मेवार केपी ‌‌‌‍ओली नेतृत्वको सरकार र विखण्डनकारी सिके राउत समूहबीच भएको सहमति नेविस‌ंघले स्वीकार्न नसक्ने बताएका छन्। अवैधानिक ११ बुँदे सम्झौता विरुद्ध नेविसंघद्वारा त्रि-चन्द्र क्याम्पस परिसरवाट शुरु भई प्रदर्शनीमार्ग, पुतलीसडक, कमलादी हुँदै घण्टाघरसम्म विरोध प्रदर्शन गरिएको थियो । 

प्रदर्शनको कारण बिहान ९:३० वजे देखी करिब डेढ घन्टासम्म सो क्षेत्रको सवारी आवगमन ठप्प भएको थियो । विरोध प्रदर्शन त्रि-चन्द्र क्याम्पसबाट शुरु भई प्रदर्शनीमार्ग, पुतली सडक, कमलादी हुँदै घण्टाघर ,दरवारमार्ग पुगि कोणसभामा परिणत भएको थियो । कोणसभालाई निवर्तमान महामन्त्री सरोज कुमार थापा, सह-महामन्त्री प्रेम जोशी, नेविसंघ नेता दुजाङ्ग शेर्पा र त्रि(चन्द्रका नेता सुन्दर वडालले सम्बोधन गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ