arrow

अनिश पुरीको हत्या आरोपमा चार युवा पक्राउ

logo
प्रकाशित २०७५ फागुन २८ मंगलबार
pakrau.JPG

बुटवल । रुपन्देहीको देवदहमा एक युवालाई कुटपिट गरी हत्या गरेको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।

देवदह नगरपालिका– ५ का २० वर्षीय युवा अनिश पुरीलाई आइतबार राति ७:३० बजेको समयमा कुटपिट गरी हत्या गरेको अभियोगमा प्रहरीले सोमबार स्थानीय चार जना युवालाई पक्राउ गरेको जनाएको छ ।

प्रहरीले सोही नगरपालिकाको वडा नं ९ घोडाहा कालिका टोलका आकाश थापा, अर्जुन सारुमगर, शिशिर राना र मनु भन्ने मनोज क्षेत्रीलाई पक्राउ गरी कर्तव्य ज्यान मुद्दामा अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

उक्त समूहले आइतबार राति घोडाहास्थित सङ्गम पथमा लु४२प ९९८२ नं को मोटरसाइकलमा घरतर्फ जाँदै गरेका पुरीलाई ढुङ्गा, लाठीसमेत प्रहार गरी गम्भीर घाइते बनाएका थिए । घाइते युवक पुरीलाई उपचारार्थ देवदह मेडिकल कलेज पुर्‍याइए पनि अस्पतालले मृत्यु भएको घोषणा गरेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ