arrow

राष्ट्रिय अखण्डताको पक्षमा सप्तरीबाट जागरण अभियान

logo
प्रकाशित २०७५ फागुन २८ मंगलबार
abhiyan.jpg

सप्तरी । राष्ट्रिय अखण्डताको पक्षमा सप्तरीबाट जागरण अभियान सुरु भएको छ । नेपाल विद्यार्थी संघ जिल्ला कार्यसमिति सप्तरीले "स्वतन्त्रता, स्वाभिमान र एकताको पहिचान, राष्ट्रिय अखण्डता हाम्रो अभियान" भन्ने मुल नाराको साथ अभियान सुरु गरेको हो ।

 नेपाल विद्यार्थी संघ जिल्ला कार्य समिती सप्तरीले राजविराजको विपि कोइराला संस्थाको सभा हलमा गरिएको कार्यक्रममा नेपाल विद्यार्थी संघका पूर्व अध्यक्ष एव नेपाली कांग्रेसका युवा नेता संविधान सभा सदस्य  रन्जित कर्णको प्रमुख आथित्यतामा भएको थियो । उक्त कार्यक्रममा बोल्दै नेता कर्णले भने, 'विखण्डनकारी सिके राउतलाई सामाजबाट बहिष्कार गर्नु पर्छ । बहुरुपी विखण्डनकारी सेके राउतलाई समाजबाट बहिष्कार गरौं ।'

'मधेसका जनता पूर्ण रूपमा राष्ट्रिय एकता, स्वतन्त्रता, स्वाधीनता, सार्वभौमसता र अखण्डताको रक्षा गर्ने सदैव प्रतिबद्ध छन् । मधेसका जनता जहिले पनि देशमा एकता हुनुपर्ने पक्षमा छन् । उनले भने,'मुलुकलाई आर्थिक समृद्धि दिशामा अगाडी बढाउनु अहिले आवश्यकता हो।'

नेविसंघ सप्तरीका जिल्ला अध्यक्ष पार्थो सरकारको अध्यक्षता सप्पन्न उक्त कार्यक्रमको विशिष्ट अतिथि नेपाली कांग्रेस खोटाङका पूर्व सभापति एव युवा नेता सुभाष पोखरेल, नेपाली कांग्रेस सप्तरीका जिल्ला सचिव रामकुमार यादव, राजविराज नगरपालिका वडा नं ५ का वडा अध्यक्ष समिर झा, तरुण दल सप्तरीका संयोजक सिता प्रसाद यादव, नेविसंघ मविव क्याम्पस राजविराजका नेता राकेश कुमार ठाकुर, महेश यादव र रंजना चौधरीले मन्तव्य राखेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ