arrow

एसएसबीले चलाएको गोली लागि गौतमको मृत्युपछि बन्द आनन्दबजार दुई वर्षसम्म पनि खुलेन

logo
दीपेन्द्र बस्नेत,
प्रकाशित २०७५ फागुन २९ बुधबार
aanandabazar.jpg

पुनर्वास । नेपाल भारत सीमाको बिवाद चुलिएपछि भएको झडपपछि बन्द गरिएको नाकाका कारण कञ्चनपुरको पुनर्वास स्थित आनन्द बजारका ब्यबसायीहरुका पसल बन्द हुन थालेपछि अर्थतन्त्र नराम्ररी प्रभावित बन्न पुगेको छ ।  नेपाल भारत सीमा बजारमा आवागमन सहज बनाउन पुनर्वास नगरपालिकाले खोल्सामा कल्भर्ट निर्माण सुरु गरेपछि भारतीय पक्षको अबरोधका कारण बिवाद चुँलिएको थियो ।

उक्त बिवाद बढ्दै जाँदा गरिएको प्रदर्शनमा एसएसबीले चलाएको गोली लागेर गोविन्द गौतम सहिद बनेपछि बन्द गरिएको नाका सुचारु हुन नसक्दा नेपाली बजार सुक्न पुगेको छ । घटनाको दुई वर्ष बिति सक्दा पनि बन्द गरिएको आनन्दबजार बसही नाका खोल्न प्रशासनले पहल नथाल्दा आनन्दबजारका ब्यबसायीहरुको ब्यबसाय चौपट बनेको छ ।

दुई वर्ष अघिसम्म ग्राहकको घुइँचो लाग्ने आनन्दबजार अहिले भने सुनसान बन्न पुगेको छ । प्रती पसल  दैनिक ५ हजार देखि १० हजार सम्मको कारोबार गर्ने पसलहरु अहिले धमाधम बन्द हुँदैछन । स्थानिय ब्यापारीहरु भन्छन या त पुरै सीमा बन्द हुनु पर्यो होइन भने आनन्दबजारले मात्रै किन पीडा सहने ।
सीमाको ब्यबस्थापन र आवागमन सहज बनाउन कसैले चासो नदिएको स्थानीयले बताएका छन ।

आनन्दबारका स्थानीय व्यापारी सुरत मल्ल भन्छन "घटनाको दुई वर्ष भयो अहिले सम्म नाकाबाट आवागमन बन्द छ । भारत र नेपालकै अरु बजार चलेकै छन तर आनन्द बजार मात्रै बन्द हुनु पर्ने किन ? "  भारत नेपाल जाने आनन्दबजार नाका बन्द गरिएको दुई वर्षको अवधिमा नेपाली बजारको अर्थतन्त्र चौपट बनेको छ । सीमा पारीको भारतीय बजार जान नेपालीले छोडेका छैनन किनमेल भइ रहेकै छ तर आनन्दबजारले मात्रै किन सास्ती पाउने बाटो खुलाउन कसैले पहल नगरेको स्थानीय कबिता मगरले भनिन । उनी भन्छिन - भारतीय ब्यापारीको व्यापार सप्रने त हामी आनन्द बजारका ब्यबसायीले मात्रै आर्थिक घाटा ब्यहोर्न परिरहेको छ । तत्काल समस्याको निकास निकालेर आवागनन सुचारु बनाउने उनले बताइन ।

दुई  वर्ष अघि बन्द गराइएको पुनर्वासको आनन्दबजार स्थित भारत जाने बाटो सुचारु बन्न नसक्दा नेपाली बजारले ठूलो आर्थिक क्षेती ब्यहोर्दै आएको छ ।  आनन्दबजार स्थित नेपाल भारत नाका सुचारु गराउन हामीले पटकपटक प्रशासनमा माग राख्दै आए पनि हाल सम्म निकास पाउन नसकेको पुनर्वास उद्योग बाणिज्य संघका अध्यक्ष कृष्णबहादुर तामाङले बताए । उनले भने बाटो बन्द भएपछि आनन्दबजारको अर्थतन्त्र नराम्ररी प्रभावित बनेको छ । तर निकास निस्कन सकेको छैन ।

पुनर्वासका स्थानीय युवा गोविन्द गौतमको ज्यान जाने गरि दुई वर्ष अघि भएको घटना यता बजार बन्द रहँदा आनन्दबजारको अर्थतन्त्र धराशयी बनेको छ । सो बिषयका बारे कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी सुशील वैद्यले भने - घटना र सो बारे बुझेर प्रशासनिक हिसाबले गर्न सकिने कार्य गरिने छ ।  बिवाद बढेपछि भएको घटकाका कारण तत्कालिन अबस्थामा आवागमनमा रोक लगाइएको हो तर अब के गर्न सकिन्छ पहल गरिने प्रमुख जिल्ला अधिकारी वैद्यले बताए ।

तत्कालिन अबस्थामा थप घटना हुन नदिन प्रशासनले आवागमन रोके पनि परिस्थिति सामान्य बन्दा सम्म पनि बन्द यथावतै रहेपछि आनन्द बजारको आर्थिक अबस्था खस्कन पुगेको छ । सीमामा देखिएको झडपको स्थिती सामान्य बने पनि अहिले सम्म सो नाका सञ्चालनमा आउन नसक्दा आनन्दबजारमा आउने भारतीय ग्राहक आउन छोडेका हुन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ