arrow

कमल थापालाई जन्मथलोमा स्वागत, नआत्ती अघि बढ्न स्थानीयको सुझाव

logo
प्रकाशित २०७५ फागुन २९ बुधबार
kamal-tha.jpg

तनहुँ । राप्रपाले संचालन गरेको मेची-महाकाली राष्ट्रिय स्वाभिमान यात्रा आज काठमाडौं उपत्यका प्रवेश गर्नेछ ।पोखराबाट शुरुभएको तनहुँको थर्पु आईपुग्दा स्थानीयबासी जनताद्वारा यात्राको नेतृत्व गरिरहनु भएको राप्रपा अध्यक्ष कमल थापा लगायत नेता तथा यात्रीहरुलाई स्वागत गरिएको छ ।

 थर्पु राप्रपा अध्यक्ष कमल थापाको जन्मथलो हो। थापालाई थर्पुमा पार्टी कार्यकर्ता, स्थानिय जनसमुदाय र आफन्त नातेदारहरुले स्वागत गरे । बुद्ध- वृद्धाहरुले थापाको टाउकोमा हात राख्दै आशिर्वाद दिए भने स्वागतमा उपस्तिथि युबाहरुसङ्ग हात मिलाउदै थापाले एकपटक सहयोग गर्न आग्रह गरे । आफन्त नातेदारहरुले भने दुबोको र फुलको माला लगाईदिदै दृढता र उच्च मनोबलका साथ अघि बढ्न आग्रह गरे ।

"समस्या र चुनौतीलाई चिर्दै अघि बढ्नुस , आत्तिनु पर्दैन हामी छौ" उनिहरुले भने । थापाले तपाईहरुको कारणले उर्जा मिलेको भन्दै सबैलाई आभार ब्यक्त गरे । दमौलीमा आयोजित सभालाई सम्बोधन गर्दै थापाले मुलुकको मालिक बनाउछौ भन्नेहरुले लाखौ युबाहरुलाई बिदेश खेदेको भन्दै आक्रोश पोखे । राष्ट्रियताको संरक्षण , प्रजतन्त्रको सम्बर्द्धन र धर्म ,सस्कृती पहिचानको रक्षाको निमित्त एकपटक सबै जुरुक्क उठ्नु पर्ने समय आयको बताए । तनहुँको डुम्रे, आबुखैरेनी र धादिङको गजुरिमा कोणसभा गरि यात्रा आजै काठमाडौं प्रवेश गर्ने राप्रपा सहायक महामन्त्री राजराम बर्तौलाले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ