arrow

विश्व बैंकका निर्देशकले मन्त्री मगरलाई भने खानेपानी तथा सरसफाईको ज्ञाता

logo
प्रकाशित २०७५ फागुन २९ बुधबार
85.jpg

काठमाडौं ।  विश्व बैंकका निर्देशक स्टेभन स्कनबर्गरले  खानेपानी मन्त्री बिना मगरलाई खानेपानी तथा सरसफाईको ज्ञाता रहेको बताएका छन् । खानेपानी मन्त्रालय र विश्व बैंकका प्रतिनिधिमण्डलबीच बुधबार भएको छलफलमा स्कनबर्गरले धेरै देशका खानेपानी मन्त्रीहरुसँग भेट गरेको स्मरण गर्दै नेपालको खानेपानी मन्त्री भने खानेपानी तथा सरसफाईको क्षेत्रमा धेरै ज्ञाता रहेको आफूले पाएको बताए । निर्देशक स्कनबर्गरको नेतृत्वमा आएको ६ सदस्यीय प्रतिनिधिमण्डलसँग छलफल भएको थियो ।   

सो क्रममा खानेपानी मन्त्री बिना मगरले दीगो विकासका लक्ष्यहरु हासिल गर्न सरकार रफ्तारमा अघि बढ्न खोजिरहेको बताइन्।  खानेपानी मन्त्री मगरले सबैका लागि आधारभूत र सुरक्षित पिउने पानीमा सर्वसुलभ पहुँच पुर्‍याउन सरकार योजनाका साथ अघि बढिरहेको बताइन्।

सिंहदरबारस्थित मन्त्रालयमा भएको छलफलमा उनले भनिन्, “दीगो विकासका लक्ष्यहरु हासिल गर्न निकै चुनौति छ तरपनि सरकार पृथक ढंगले त्यो लक्ष्य हासिल गर्न योजना बनाएर अघि बढ्दैछ । जनताले अझैपनि खानेपानीका लागि संघर्ष गर्नुपरेको छ । यस्तो समस्या हटाउन मन्त्रालयले नयाँ योजना र कार्यक्रमहरु बनाउँदैछ ।”

ग्रामीण क्षेत्रमा फण्ड बोर्ड मार्फत खानेपानीको आयोजना सञ्चालन गर्न विश्व बैंकले गरेको सहयोगको मन्त्री मगरले उच्च प्रशंसा गरिन्।  उनले ग्रामीण क्षेत्रमा जलाशययुक्त र लिफ्टिङ ग्राभिटी खानेपानी योजना साथै सहरी क्षेत्रमा २४ सै घण्टा सातै दिन प्रशोधित खानेपानी योजना र फोहोर पानी प्रशोधित योजनामा सहयोग गर्न विश्व बैंकलाई आग्रह गरिन्  । तराई मधेश क्षेत्रमा आर्सेनिक मुक्त थोक वितरण प्रणाली खानेपानी आयोजना सञ्चालन गर्नुपर्ने भएकाले यस क्षेत्रमा पनि सहयोग गर्न मन्त्री मगरले विश्व बैंकको ध्यानाकर्षण गराइन् । हिमाली क्षेत्रमा स्प्रिङ वाटरको सम्भाव्यता खोजी गर्न समेत उनको आग्रह थियो ।
 
तीन वर्षभित्र आधारभूत खानेपानीको सुविधा पु-याउन मन्त्रालय योजनाका साथ लागिरहेको बताउँदै मन्त्री मगरले खानेपानी तथा पूर्ण सरसफाइको क्षेत्रमा उपभोक्ता समिति र स्थानीय समुदायहरूको सहभागिता गराई अभियान नै सुरु गर्न खोजिएको बताइन् ।  

खानेपानी मन्त्रालयका सचिव दीपेन्द्रनाथ शर्माले योजना बैंक बनाएर अघि बढ्नुपर्ने भएकाले विश्व बैंकसँग सधैंभरि सहकार्य गर्न मन्त्रालय तयार रहेको प्रतिबद्धता जनाए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ