arrow

राजदूत आचार्यले राष्ट्रपति कोविन्दलाई बुझाए ओहोदाको प्रमाणपत्र

logo
प्रकाशित २०७५ फागुन २९ बुधबार
nilamber_acharya.jpg

काठमाडौँ । भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्यले आज अपराह्न त्यहाँका राष्ट्रपति रामनाथ कोविन्दसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन् ।  नयाँदिल्लीस्थित राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा राजदूत आचार्यले आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका हुन् ।

ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेपछि आफूसँग भएको शिष्टाचार भेटमा भारतका राष्ट्रपतिले शताब्दीऔं पुरानो नेपाल–भारत र दुई देशका जनताबीचको सम्बन्धको चर्चा गरेको नयाँ दिल्लीस्थित नेपाली राजदूतावासले जनाएको छ । उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली जनताप्रति शुभेच्छा प्रकट गरेका थिए ।

त्यसअघि राजदूत आचार्यले राष्ट्रपति भण्डारी, प्रधानमन्त्री ओली र नेपाली जनताका तर्फबाट राष्ट्रपति कोविन्दको व्यक्तिगत सुख, सुवास्थ्यका साथै भारतका जनताको निरन्तर प्रगतिको कामना गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ