arrow

‘राष्ट्रिय सुरक्षाका लागि राष्ट्रिय एकता’

logo
प्रकाशित २०७५ फागुन २९ बुधबार
amry.jpg

काठमाडौँ । उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेलले राष्ट्रिय सुरक्षाका लागि राष्ट्रिय एकता अपरिहार्य भएको बताएका छन्  ।

रक्षा मन्त्रालय र नेपाली सेनाले संयुक्त रुपमा शिवपुरीस्थित सैनिक कमाण्ड तथा स्टाफ कलेजमा सञ्चालन गरेको १५ दिवसीय उच्चस्तरीय राष्ट्रिय सुरक्षा तालीमको आज समापन गर्दै उहाँले राजनीतिक स्थायित्वले नै राष्ट्रिय सुरक्षाको चुनौती र खतरालाई सम्बोधन गर्न सक्ने बताए।

“राष्ट्रिय सुरक्षाका लागि सबै नेपाली एक ठाउँमा उभिएर राष्ट्रिय हितको मामलामा अन्तरविरोधी दृष्टिकोणलाई हटाएर साझा धारणा राखेमा राष्ट्रिय सुरक्षाको नीतिगत प्रबन्ध मिलाउन सहज हुन्छ,” उनले भने।

त्यसअघि स्वागत मन्तव्य व्यक्त गर्दै कलेजका शिक्षाध्यक्ष उपरथी ईश्वर हमालले राष्ट्रिय सुरक्षाजस्तो गम्भीर विषमा समस्त नेपाली संवेदनशील हुन जरुरी भएको बताएका थिए। विभिन्न सरकारी निकायका पदाधिकारी, नेपाली सेनाका रथी तथा अधिकृत र अन्य सुरक्षा निकायका अधिकृतहरु गरी २४ जनाले उक्त तालीम सफलतापूर्वक सम्पन्न गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ