arrow

जबर्जस्ती करणीपछि बालिका हत्या गर्ने सञ्जयलाई जन्मकैद

logo
प्रकाशित २०७५ फागुन २९ बुधबार
prisoner-jail.jpg

भोजपुर । जिल्ला अदालत भोजपुरले साल्पासिलिछो गाउँपालिका–५ सालेवाका २० वर्षीय सञ्जय राईलाई जन्मकैदको फैसला गरेको छ ।

राईले एक बालिकालाई जबर्जस्ती करणीको प्रयासपछि भदौ १० गते हत्या गरेको अभियोगमा जन्मकैदको फैसला गरेको अदालतले जनाएको छ । साथै अदालतले राईलाई एक लाख रुपैया क्षतिपूर्तिको फैसला गरेको निमित्त स्रेस्तेदार नवीन कोइरालाले जानकारी दिए ।

 राईलाई जिल्ला न्यायाधीश हरिश्चन्द्र इङनामको इजलासले जबर्जस्ती करणी उद्योग र ज्यानसम्बन्धी कसुरमा जन्मकैदको सजाय गरेको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ