arrow

भिक्षु अश्वघोषको स्वास्थ्य अवस्था बुझ्न प्रम ओलीसहितको टोली ग्राण्डीमा

logo
प्रकाशित २०७५ फागुन २९ बुधबार
ashwaghosha-750x495.jpg

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले थेरवाद बुद्धधर्मका भिक्षु महासङ्घका सङ्घनायक भिक्षु अश्वघोष महास्थवीरको स्वास्थ्यावस्थाबारे आज जानकारी लिएका छन् ।

ग्राण्डी अस्पताल टोखामा उपचाररत ९३ वर्षीय पूर्व सांसद अश्वघोषको स्वास्थ अवस्था बुझन् प्रधानमन्त्री ओलीका साथमा धर्मपत्नी राधिका, सांसद कृष्णगोपाल श्रेष्ठ र विना श्रेष्ठ, कामपा प्रमुख विद्यासुन्दरलगायत गएको अखिल नेपाल भिक्षु महासङ्का महासचिव भिक्षु कौण्डिन्यले जानकारी दिए।
 
नेपालका लागि श्रीलङ्काका राजदूत डब्ल्यू स्वर्ण परेराले पनि आजै भिक्षु अश्वघोषको स्वास्थ्यवस्थाबारे जानकारी लिए। उनको शीघ्र स्वास्थलाभको कामना गर्दै भिक्षु र अनगारिका गुरुमाहरुले परित्राण पाठ गरेका थिए ।

त्रियानब्बे वर्षीय अश्वघोष मिर्गौला, रक्तचाप, मुटु, कलेजो, पिसाब, निमोनियालगायत समस्याबाट पीडित भई पहिले जमलस्थित ग्राण्डीसिटी हस्पिटल र अहिले ग्राण्डी हस्पिटलमा उपचाररत छन् ।

करीब आठ दशकदेखि बुद्धदर्शन र साहित्यको प्रवद्र्धनमा लागेका भिक्षु अश्वघोषले करीब १५० कृति रचना गरेको र हाल अखिल भिक्षु महासङ्घको सल्लाहकारसमेत रहनुभएको भिक्षु तपस्सीधम्मले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ