arrow

वीपी प्रतिष्ठानका उपकुलपतिमाथि छानबिनका गर्न मन्त्रालयको सिफारिस

logo
प्रकाशित २०७५ फागुन २९ बुधबार
runiyar.jpg

काठमाडौं ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा.डा. राजकुमार रौनियारलाई अनियमितताबारे छानबिन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई सिफारिस गरेको छ । स्वास्थ्यमन्त्री उपेन्द्र यादवले मंगलबार प्रतिष्ठानका उपकुलपति रौनियारलाई त्यहाँ भएको भनिएको अनियमितताबारे छानबिन गर्न आयोगलाई सिफारिस गरेका हुन ।

स्वास्थ्यमन्त्री निकट स्रोतले रौनियारमाथी पटक पटक अनियमितताबारे स्वास्थ्य मन्त्रालय सहित अख्तियारको इटहरी स्थित कार्यालयमा समेत उजुरी परेको गुनासोका आधारमा कार्वाहीका लागि सिफारिस गरिएको बताएको हो । यस्तै विभिन्न समितिका सिफारिसका आधारमा समेत कार्वाही सिफारिस गरिएको मन्त्रालय स्रोतले जनाएको छ ।

‘लामो समयदेखि प्रतिष्ठानमा भएका अनियमितताका सम्बन्धमा विभिन्न संचार माध्याममा आएका समाचार र सरकारले गठन गरेका दुईवटा समितिको छानबिन प्रतिवदेनका आधारमा उपप्रधान तथा स्वास्थ्यमन्त्री यादवले मन्त्रीस्तरीय निर्णय गराइ कारवाहीका लागि अख्तियारमा सिफारिस भएको हो ।’ स्रोतले भन्यो ।  उपकुलपति रौनियारले गरेको अनियमितता तथा घोटालाका सम्बन्धमा छानबिन गर्न उनले सम्पादन गरेका कार्यहरुको छानबिन प्रतिवेदनसमेत पेश गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

उनीबारे छानविनका लागि सचिव केदारबहादुर अधिकारी संयोजक रहेको समितिले समेत अध्ययन गरेको थियो । यस्तै प्रतिष्ठानका सह कुलपति संयोजक रहेको समितिले समेत विभिन्न समितिले दिएका प्रतिवेदनका आधारमा अध्ययन गरेर कार्वाही गर्न सिफारिस गरेको थियो । उपकूलपति रौनियारले एमआरआई उपकरण खरिद, अंकोलोजी र कार्डियोलोजी भवनको लागत स्टिमेटमा ब्यापारी र ठेकेदारसँग मिलेर भ्रष्टाचार गरेको आरोप लाग्दै आएको छ ।

तत्कालिन स्वास्थ्य मन्त्री दीपक बोहराले समेत रौनियारका विषयमा गुनासो आएपछि प्रतिष्ठानको ४० औं सिनेटमा उठेका भ्रष्टाचारका विषयलाई उपकूलपतिले जवाफ नदिएको भन्दै पदमुक्त गरेर छानविन गर्न तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवा समक्ष कारवाहीका लागि सिफारिस गरेका थिए ।

यस्तै बोहराले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई समेत पत्र लेखी एमआरआई, अंकोलोजी र कार्डियोलोजीका भ्रष्टाचारका विषयमा उपकूलपतिलाई तत्काल छानविनको दायरामा ल्याउन भनेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ