arrow

दुई हजार आठ सय १० किलोमिटरको दूरी तय गर्दै राप्रपा यात्रा काठमाडौंमा

समापन गर्न शुक्रबारको साइत 

logo
प्रकाशित २०७५ फागुन ३० बिहिबार
rpp3.jpg

काठमाडौं । कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीले पूर्वको ताप्लेजुङबाट सुरु गरेको हिन्दु राष्ट्र पुनर्स्थापनाको लक्ष्य सहितको १५ दिने जनसंघर्ष अभियान पश्चिमको कञ्चनपुर हुँदै काठमाडौं आइपुगेको छ । 

हिन्दु राष्ट्र पुनर्स्थापनाको मुख्य मागसहित राप्रपाले १५ फागुनबाट ‘मेची महाकाली राष्ट्रिय स्वाभिमान यात्रा’ सुरु गरेकोमा १ सय ५२ सभा सकेर बुधबार काठमाडौं आइपुगेको हो । 

राप्रपाका प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले हिन्दु राष्ट्र पुनर्स्थापनाको लक्ष्य सहित सुरु गरिएको जनसंघर्ष अभियान १ सय ५२ सभा सकेर बुधबार राजधानी आइपुगेको जनाए । 

उनले अभियान अन्तर्गत २ हजार ८ सय १० किलोमिटरको दूरीको यात्रा तय गर्दै अभियान राजधानी भित्रिएको जनाएका हुन् । 

‘हिन्दुराष्ट्र पुनर्स्थापना र राजा सहितको प्रजातन्त्रको लक्ष्य सहित सुरु गरिएको यात्रामा व्यापक जनसमर्थन देखियो, यस अभियानले राप्रपालाई हिन्दु राष्ट्र पुनर्स्थापनाका लागि थप उत्साह मिलेको छ ।’ प्रचार विभाग प्रमुख श्रेष्ठले भने । 

उनले शुक्रबार चैत १ गते राजधानीको भृकुटीमण्डपमा व्यापक जनसहभागीता सहितको कार्यक्रम आयोजना गरि अभियान समापन गरिने जनाए । 

राप्रपाले हिन्दु राष्ट्र पुर्नस्थापनाको मागसहित ७ फागुनबाट जनसंघर्ष गर्ने निर्णय गरेको थियो । जनसंघर्षका कार्यक्रम अन्तर्गत ७ फागुनमा केन्द्रमा प्रधानमन्त्री, प्रदेशको राजधानीमा मुख्य मन्त्री र जिल्लामा प्रमुख जिल्ला अधिकारीलाई राप्रपाले ज्ञापनपत्र बुझाइ सकेको छ । 

भ्रष्टाचार, महँगी, हत्या, हिंसा, जातीय विभेछ, छुवाछुत अन्त्य सहित हिन्दु राष्ट्र स्थापना र राष्ट्रियताको रक्षाको मागलाई समेटेर राप्रपाले अभियान सुरु गरेको हो । 

यस्तै वाइडबडी प्रकरण, ३३ किलो सुन काण्ड, एनसेलको कर प्रकरण, बुढीगण्डकी काण्ड लगायतमा छानवीन गर्न र दोषीलाई कार्वाही गर्न समेत माग गर्दै आएको छ । राप्रपाले शान्तिपूर्ण जनसंघर्षको स्वरुप सहित विस्तृत कार्यक्रम छिट्टै घोषणा गरिने समेत जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ