arrow

भारत फर्किदै गरेको जन्ती बसले किचेर जन्ती आएका अम्मरनाथको मृत्यु

logo
प्रकाशित २०७५ फागुन ३० बिहिबार
dead2.jpg

सर्लाही । सर्लाही सदरमुकाम मलङ्गवामा बिहिबार बिहान जन्ती बसले किचेर एक युवकको ज्यान गएको छ । मलङ्गवाबाट जन्ती लिएर भारततर्फ फर्किदै गरेको बीआर ३० पि ३०३७ नम्वरको बसले किच्दा भारतको सीतामढी मोहनपुर बस्ने विन्देश्वर रायका २२ वर्षीय छोरा अम्मरनाथ कुमारको ज्यान गएको हो ।

मृतक युवक सोही बसमा चढेर जन्ती आएका थिए । आज बिहान ३ बजेतिर नेपाल–भारत सीमा दशगजा नजिक मलङ्गवा नगरपालिका–१ भेडहियामा बसले किचेर युवकको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ । मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल मलङ्गवा ल्याइएको र घटनाका सम्वन्धमा थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय मलङ्गवाको मुद्दा फाँटका प्रहरी निरीक्षक कुन्दन देवले जानकारी दिए । युवकले अत्याधिक रक्सी पिएका पाइएको प्रहरीले जनाएको छ । दुर्घटनापछि पनि बस जन्ती लिएर गन्तव्यतर्फ नै लागेको प्रत्यक्षदर्शीले बताएका छन् ।

यसैबीच पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको लालबन्दी नगरपालिका–१ नवलपुरमा आज बिहान बोलेरोको ठक्करबाट एक पैदल यात्रु गम्भीर घाईते भएका छन् । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ५ च २९९ नम्वरको बोलेरोले ठक्करदिँदा हरिपुर नगरपालिका–६ बस्ने १८ वर्षका देवनारायण महतो घाईते भएका हुन् । महतोलाई नवलपुरमा सामान्य उपचारगरी वीरगञ्ज रेफर गरिएको प्रहरीले जनाएको छ । युवकलाई ठक्करदिने बोलेरो र त्यसका चालक प्रहरी नियन्त्रणमा छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ