'विप्लव' शान्तिपूर्ण बाटोमा नआए सरकार अझै आक्रामक बन्छ : मन्त्री पण्डित
निरंजन कुमार साह,
प्रकाशित २०७५ फागुन ३० बिहिबार
269
Shares
जनकपुरधाम । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले मधेशमाअब कुनै किसिमको राष्ट्र विखण्डनको नारा नलाग्ने तर्क राखेको छ ।
जनकपुरधाममा बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा सिके राउत तर्फ ईङ्गित गर्दै मन्त्री पण्डितले भने, ‘केही दिन अघि ११ बुँदे सहमति पछि मधेशमा अब राष्ट्र विखण्डनको मुद्दा अन्त्य भएका छन ।' मन्त्री पण्डितले राजनीति द्वन्द्व समाप्त भएसङ्गै देशमा स्थिरता कायम भएको बताए ।
नेत्रविक्रम चन्द 'विप्लव' शान्तिपूर्ण बाटोमा नआए सरकार अझै आक्रामक बन्ने चेतावनी दिए। पत्रकार सम्मेलनमा बोल्दै मन्त्री पण्डितले संविधान विपरित अराजनीतिक चरित्र देखाउने कसैलाई पनि सरकारले नछोड्ने चेतावनी दिए ।
विप्लव समुह आफैले स्वघोषित रुपमा वार्ताको ढोका बन्द गरेको र पटक पटक वार्तामा बोलाउँदा पनि नआएको मन्त्री पण्डितले बताएका छन ।