arrow

मनाङको बिकासमा कांग्रेसका नेता

logo
नविन लामिछाने,
प्रकाशित २०७५ फागुन ३० बिहिबार
neta-manang.jpg

मनाङ । मनाङको हरेक बिकासको लागि नेपाली कांग्रेस मनाङका नेता पाल्तेन गुरुङ, पूर्व श्रम तथा रोजगार मन्त्री टेकवहादुर गुरुङ, कर्म घले र चिन्ता बहादुर घलेले अग्रणी भुमिका खेलेका छन् । स्वस्थ्य, शिक्षा, विद्युत  र सडक संचालमा निरन्तर लागि परेका देखिन्छ ।

संघीय सांसद कर्म घलेले यस जिल्लामा रहेका शिक्षा क्षेत्रमा ठुलो लगानी गर्दै आएका छन् । दुर्गम क्षेत्रमा रहेका बालबालिकाको उज्जवल भबिष्य निर्माण गर्न आफुले शिक्षलाई पहिलो प्राथमिकतमा राखेको सांसद घलेले बताए । उनले मनाङ जिल्लाबाट एसईईमा जिल्ला टप हुने छात्रा, छात्रलाई  पचास हजारका दरले  प्रत्येक बर्ष प्रदान गर्दै आएको अन्नपुर्ण माबिका प्रधानध्यपक आनन्दराज घिमिरेले बताए ।

विद्यालयको भौतिक निर्माण, खेल मैदान लगायत शैक्षिक गुणस्तर बृद्धि गर्न आफुले शिक्षमा लगनी गरेको  बिद्यालय ब्यावस्थापन समितिका सदस्य पेम्बा गुरुङले बताएका छन् । जिल्लालाई सडक सञ्जालले जोड्न पनि आफूहरुले अग्रणी भुमिका खेलेको  बताए ।

त्यस्तै पूर्व श्रम तथा रोगार मन्त्री टेकबहादुर गुरुङले मनाङबासीको हरेक समस्यमा सहयोग गर्दै आएको मनाङ पर्यटन ब्यावसायी संघका अध्याक्ष बिनोद गुरुङले  बताए । उनका अनुसार पर्यटन प्रवर्दन खानेपानी, विद्युत, संचार लगायका क्षेत्रमा आर्थीक  भौतिक र सामाजिक तवरले सहयोग गर्दै आएको बताए । गुरुङले भने, ' भिषण हिमपातले मनाङलाई अस्तव्यस्ता बनाएको अवस्थाले पूर्व श्रम तथा रोगार मन्त्री गुरुङ आफु र आफ्नो पार्टी चिन्तीत भएको भन्दै हिमपातले मर्कमा परेका मनाङ बासीलाई सहयोग गर्नका लागि तयर भए ।'
 
बेसीशहर चामे सडक खण्ड अझै सहज भएको छैन ।  तत्कालिन अबस्थामा  सदरमुकाम  चामेदेखि माथिल्लो मनाङ खांसार सम्मको सडक सफागर्न टेकवहादुर गुरुङले एक्साभेटर उपल्ब्ध गराएका छन् । भने सडक सफा गर्दा लाग्ने इन्धनको ब्यावस्था भने संघीया सांसद कर्म घलेले उपलब्ध गराएका  स्थानिय सगर गुरुङले बताए ।

 त्यस्तै तल्लो मनाङमा पनि प्रदेश सांसद चिन्ता बहादुर घलेको नेतृत्वमा जनगुनासो सुन्ने र जनताको चाहना अनुरुप बिकास निर्मणमा काम भइरहेको स्थानीय सुरेश थकालीले बताए। उनका अनुसार मनाङ जिल्लाको बिकास निर्मणमा कांग्रेस नेतृत्वले अग्रणी भुमिका निभाएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ