arrow

माइपोखरी पस्ने गेट अगाडिका घरहरुमा आगलागी

logo
प्रकाशित २०७५ फागुन ३० बिहिबार
fire.jpeg

इलाम । इलामको सन्दकपुर गाउँपालिका–१ र ३ मा पर्ने माइपोखरी बजारमा आगलागी भएको छ । धार्मिक तथा पर्यटकीयस्थल माइपोखरी पस्ने गेट अगाडिका घरहरुमा आगलागी भएको हो ।

आज दिउँसो १ बजेबाट शुरु भएको आगलागीमा चक्र मुखिया र उनका भाइ कमल मुखियाको घर पूर्णरुपमा ध्वस्त भएको छ भने उनसँगै जोडिएको निमादोर्जे शेर्पाको घरमासमेत आगलागी भएको स्थानीयवासी दिनेश सुवेदीले जानकारी दिए। नजिकै रहेको वनमा पनि आगलागी भइरहेको पनि उनले जानकारी दिए। स्थानीयवासीले आगलागी नियन्त्रण गर्ने प्रयास गरिरहेका छन् ।

सूचना प्राप्त हुनासाथ आगलागी नियन्त्रणका लागि इलाम नगरपालिकाले त्यसतर्फ दमकल पठाइएको नगरपालिकका प्रशासकीय अधिकृत रामकुमार शाहले जानकारी दिए। इलामका सदरमुकामबाट दमकलसहित प्रहरी र नेपाली सेनालाई घटनास्थलतर्फ पठाइएको पनि उनले बताए । चक्र मुखियाको भान्छाघरबाट आगलागी शुरु भएको बताइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ