arrow

वीपी प्रतिष्ठानका उपकुलपति रौनियारलाई पदबाट हटाइयो

logo
प्रकाशित २०७५ फागुन ३० बिहिबार
runiyar1.jpg

काठमाडौं । सरकारले धरानस्थित वीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानका उपकुलपति प्रा डा. राजकुमार रौनियारलाई पदबाट हटाएको छ । प्रतिष्ठानका सहकुलपति समेत रहेका उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवको सिफारिसको आधारमा कुलपति एवं प्रधानमन्त्री केपी शर्माओलीले रौनियारलाई पदबाट हटाउने निर्णय गरेका हुन् ।
 
यसअघि फागुन १६ र १७ गते वालुवाटारमा बसेको प्रतिष्ठानको संचालक समिति (सिनेट) बैठकले सर्बसम्मतिबाट प्रतिष्ठानका उपकुलपति पदबाट डा. रौनियारलाई हटाउने निर्णय गरेको थियो । सिनेटको सोही निर्णयको आधारमा स्वास्थ्य मन्त्री यादवले उपकुलपति रौनियारलाई पदबाट हटाउन प्रधानमन्त्री समक्ष सिफारिस गरेका थिए ।
 
सिनेट बैठकको निर्णय कार्यान्वयनको लागि सहकुलपतिले प्रधानमन्त्री समक्ष सिफारिस गर्ने र सोही आधारमा निर्णय हुने प्रावधान रहेको छ ।  

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ