arrow

सरकारले विप्लवसंग दमन हैन वार्ता गरोस् – मोहन वैद्य

logo
प्रकाशित २०७५ चैत १ शुक्रबार
mohan-vaidhya.jpeg

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी क्रान्तिकारीका महासचिव मोहन वैद्यले नेत्र विक्रम चन्द विप्लव समूहसंग सरकारले वार्ता गर्नुपर्नेमा जोड दिएका छन् । 

उनले विप्लवमाथि लगाएको प्रतिवन्ध गलत भएको भन्दै केही घटनालाई आधार बनाएर प्रतिवन्ध लगाउनु नहुने बताएका छन् । 

उनले भने, ‘प्रतिवन्ध गलत हो भनेर भन्नुस्, वार्तामा बोलाउनुस् ।’ 

नेता वैद्यले भने, ‘संविधान निर्माणको बेलादेखि नै विप्लवजी आन्दोलित भइरहनु भएको छ । उहाँका माग संवोधन गरिनु पर्छ ।’

उनले अगाडि थपे, ‘राजनीतिमा विवाद भइरहन्छन् । सरकार कसरी अगाडि बढ्ने भनेर सोच्नुपर्छ ।’

उनले ‘दमनको प्रक्रियाबाट समस्याको समाधान नहुने भन्दै आफ्नै पार्टीसंग सल्लाह छैन । प्रतिपक्षसंग पनि सल्लाह छैन । आफैले हचुवामा निर्णय गर्नु राम्रो हैन’, भने । 

उनले विप्लवसंग पहिले संगै काम गरे पनि वैचारिक र राजनीतिक मुद्दा नमिलेकाले एकता नभएको बताएका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ