arrow

तीन दिवसमा मात्रै सार्वजनिक विदा, गणतन्त्र र एकता दिवसमा छैन छुट्टी

logo
प्रकाशित २०७५ चैत १ शुक्रबार
bidalist.JPG

काठमाडौं । सरकारले विभिन्न ३ वटा दिवसमा मात्रै सार्वजनिक विदा दिने भएको छ । शुक्रबार जारी गरेको राजपत्रमा सरकारले यस्तो व्यवस्था गरेको हो । बाँकी विभिन्न दिवसहरुलाई राष्ट्रिय दिवसको रुपमा मनाउने तर सार्वजनिक विदा नदिने निर्णय राजपत्रमा प्रकाशित भएको हो । 

यसरी विदा पाईने दिवसहरुमा विश्व मजदूर दिवस, बैशाख १८ गते, संविधान दिवस असोज ३ गते र अन्तराष्ट्रिय महिला दिवस फाल्गुन २५ गते सरकारले विदा दिने भएको छ । 

त्यस्तै, गणतन्त्र दिवस जेठ १५ गते, निजामती सेवा दिवस भदौ २५ गते, राष्ट्रिय एकता दिवस पुष २७ गते, शहीद दिवस माघ १६ गते, राष्ट्रिय प्रजातन्त्र दिवस फाल्गुन ७ गते, जातीय भेदभाव तथा छुवाछुत उन्मूलन दिवस जेठ २१ गतेलाई राष्ट्रिय रुपमा मनाईने तर कार्यालय खुल्ने प्रकृतिका दिवसको रुपमा उल्लेख गरिएको छ । 

सरकारले नेपालीहरुको महान पर्व दशैंमा ५ दिन विदा दिने भएको छ । शुक्रबार राजपत्रमा प्रकाशित सूचना अनुसार दशैंमा ५ दिन विदा दिईएको भएपनि सरकारले दशैंको सुरुवात हुने घटस्थापनाको दिन भने विदा दिएको छैन । 

असोज १८ गते फुलपातीको दिनदेखि असोज २२ गते एकादशीको दिनसम्म सरकारले विदा दिएको हो । त्यस्तै, सरकारले तिहारमा ३ दिन विदा दिएको छ । कात्तिक १० गतेदेखि कात्तिक १२ गतेसम्म विदा दिने कुरा शुक्रबार प्रकाशित राजपत्रमा उल्लेख छ । 

त्यस्तै, क्रिसमसको दिन ईसाईहरुको लागिमात्रै विदा दिने भएको छ भने ईस्लामहरुको बकर ईद र ईदुल्ल फित्रमा पनि ईस्लामहरुको लागि मात्रै विदा दिईने भएको हो । क्रिसमस पुष ९ गते बुधबार परेको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ