arrow

राष्ट्रपतिको लागि विच्छ्याईएको रेड कार्पेटमा सर्पको सवारी  !

logo
प्रकाशित २०७५ चैत १ शुक्रबार
Red_carpet_snakes.jpg

काठमाडौं । न्यूयोर्कमा आयोजित वुमन इन पावर सम्मेलनलाई सम्बोधन गरेर फर्किएकी राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीको लागि काठमाडौंको बाटो पूरै खाली गरिएको थियो । सर्वसाधारणलाई दुख हुनेगरी सडक खाली गरेर सुरक्षा सतर्कता देखाईएको राष्ट्रपतिको लागि विच्छ्याईएको रातो कार्पेटमा नै सर्प हिँडेको तस्वीर बाहिर आएको छ । 

सडकमा सुरक्षा सतर्कता भनेर अनेक नाटक गरिएपनि राष्ट्रपतिको रातो कार्पेटमा नै सर्पले यात्रा गर्दासम्म कसैले सर्पलाई धपाउन भ्याएका थिएनन् । उनी शुक्रबार अमेरिका भ्रमण पूरा गरी स्वदेश फर्किएकी हुन् । उनलाई विमानस्थलको भीभीआईपी कक्षमा रेड कार्पेट विच्छ्याइएको थियो । सोही कार्पेटमा सर्प हिँडेको हो । तर, सर्प कहाँबाट आयो भन्नेबारे केही पनि जानकारी नभएको विमानस्थलले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ