arrow

सरकार धरपकडमा उत्रियो, नेकपाका पोलिटव्यूरो सदस्य कार्की ललितपुरबाट पक्राउ

logo
प्रकाशित २०७५ चैत २ शनिबार
jibant-nekapa.jpg

काठमाडौं। विप्लव नेतृत्वको नेकपालाई प्रतिवन्ध लगाएसँगै सरकार सो पार्टीका नेता कार्यकर्ताको धरपकडमा उत्रिएको छ। 

नेकपाका नेता कार्यकर्ता पक्राउका लागि प्रहरीले देशैभरि आफ्ना संयन्त्र परिचालित गरेको छ। 

यसैक्रममा प्रहरीले नेकपाका पोलिटव्यूरो सदस्य मोहन कार्की जीवन्तलाई नियन्त्रणमा लिएको छ। 

ललितपुरको च्यासलस्थित डेराबाट उनलाई शुक्रवार साँझ नियन्त्रणमा लिइएको बताइएको छ। 

प्रहरीले नियन्त्रणमा लिइएका कार्कीलाई कहाँ राखिएको जानकारी नदिइएको परिवारका सदस्यहरुले जनाएका छन्। 

सरकारले प्रतिवन्ध लगाएसँगै अदालतको आदेशमा रिहा भएकी नेपाल महिला संघ क्रान्तिकारीको केन्द्रीय अध्यक्ष वन्धु चन्दलाई प्रहरीले अछामबाट फेरि नियन्त्रणमा लिएको छ। 

चन्दलाई जिल्ला अदालत अछामको आदेश लगत्तै अदालत परिसरबाटै नियन्त्रणमा लिइएको बताइएको छ। 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ