arrow

प्रचण्ड सपरिवार अमेरिका जाँदै

logo
प्रकाशित २०७५ चैत ३ आइतबार
prachanda-sita.jpg

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आइतबार अमेरिका जाँदैछन् ।

विभिन्न रोगले थलिएकी पत्नी सीताको उपचारका लागि प्रचण्ड परिवारका सदस्यसहित अमेरिका जान लागेको उनको निजी सचिवालयले जनाएको छ।

अमेरिकामा प्रचण्ड, पत्नी सीता र छोरी ज्वाईं गंगा र जीवन आचार्य जान लागेका हुन्। 

सीतालाई वंशानुगत पार्किन्सनसंगै मानसिक समस्या, सुगर र उच्च रक्तचाप समेत भएको छ । 

सीतालाई प्रचण्डले यसअघि सिंगापुर लगेका थिए भने तातोपानी कुण्डमा समेत लगेर प्राकृतिक उपचार गराएका थिए । 

त्यसपछि उनको ललितपुरको अस्पतालमा आइसीयुमा राखेर उपचारसमेत गरिएको थियो । 

छोरा प्रकाशको हृदयाघातका कारण असामयिक निधन भएपछि एक वर्षदेखि सीता थप कमजोर भएकी छिन् । 

स्वकिय सचिवसहित टोली आइतबार साँझ ५ बजे इत्तिहाद एयरवेजमार्फत अमेरिका प्रस्थान गर्ने सचिवालयले जनाएको छ । 

सीताको अमेरिकामा प्रोग्रेसिभ सुप्रा न्यूक्लियर पाल्सीको उपचार हुनेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ