arrow

न्यूजिल्याण्डको मस्जिदमा भएको घटनाको कांग्रेसद्वारा भत्सर्ना

logo
प्रकाशित २०७५ चैत ३ आइतबार

काठमाडौं । नेपाली कांग्रेसले न्यूजिल्याण्डको क्राइस्टचर्च स्थित दुई मस्जिदमा शुक्रबार भएको हत्याको भत्सर्ना गरेको छ । आइतबार सभापति शेरबहादुर देउवाद्वार शोक विज्ञप्ति जारी गर्दै घटनाको भत्सर्ना गरेका हुन् ।

विज्ञप्तिमा भनिएको छ, 'विश्वको जुनसुकै कुनामा हुने मानवता विरुद्धका यस्ता क्रियाकलापको नेपाली कांग्रेस सदैव घोर निन्दा र  भत्सर्ना गर्दछ । यस दुःखद क्षणमा म र मेरो पार्टीको तर्फबाट न्युजिल्याण्ड सरकार र त्यहाँका जनताप्रति सहानुभूति प्रकट गर्दछु । साथै, धैर्यताका साथ अगाडि बढ्न आग्रह गर्दछु । यस दुःखद घटनामा परी निधन हुनु भएका सबैप्रति म हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु । साथै, उहाँहरुको आत्माको चीर शान्तिको कामना गर्दै परिवारजनहरुप्रति समवेदना प्रकट गर्दछु र घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु ।'



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ