arrow

अमेरिका उड्नु अघि प्रचण्डले भने ‘केही राजनीतिक कुरा पनि हुनसक्छ’

logo
प्रकाशित २०७५ चैत ३ आइतबार
prachanda_sita_plane.jpg

काठमाडौं । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल श्रीमती सीताको स्वास्थ्य उपचारको लागि अमेरिका प्रस्थान गरेका छन् । सीताको प्रोगेशिब सुप्रान्यूक्लियर पाल्से रोगको उपचारको लागि सपरिवार अमेरिका प्रस्थान गरेका अध्यक्ष दाहालले विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै भ्रमणको क्रममा केही राजनीतिक छलफल पनि हुनेसक्ने बताएका छन् । 

श्रीमती सीताको अमेरिकाको जोन हकिङ्स् अस्पतालमा उपचार हुने उनको पारिवारिक श्रोतले जनाएको छ । दाहालको परिवारसँगै उनका स्वकीय सचिव समेत अमेरिका गएका छन् । साँझ ५ बजे इतिहाद एयरवेजमार्फत अमेरिका प्रस्थान गरेको नेकपाले जनाएको छ । 

पत्रकार सम्मेलनमा उनले श्रीमती सीताले एक पटक अमेरिकामा उपचार गराउन पाए स्वास्थ्य ठीक हुन्थ्यो कि भनेकोले आफू अमेरिका जान लागेको सुनाए । भर्खरै मात्र अमेरिकामा यो रोगको बारेमा नयाँ अनुसन्धान भएकोले आफूहरू निदानका लागि अमेरिका जान लागेको समेत प्रचण्डले स्पष्ट पारे।

हामी उपचारको लागि अमेरिका जान लागेका हौं ।’ अध्यक्ष प्रचण्डले भने ‘यसअघि सिंगापुर जाँदा केही हदसम्म निको भएके थियो । अमेरिकामा नयाँ अनुसन्धान भएको छ रे भन्ने सुनेर जान लागेका हौं ।’ उनले आफूहरूलाई अमेरिका जानका लागि परराष्ट्र मन्त्रालय, नेपालस्थित अमेरिकी राजदूत र अमेरिकास्थित नेपाली राजदूतले सहजीकरण गरेको जानकारी दिए। उनले भ्रमणमा समय मिल्यो भने दुईदेशीय सम्बन्धको विषयमा समेत छलफल हुनसक्ने समेत बताएका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ