arrow

छोरालाई खुकुरी प्रहार गर्ने हर्कबहादुर पक्राउ

logo
प्रकाशित २०७५ चैत ३ आइतबार
khukuri1.jpg

भद्रपुर ।  झापाको बुद्धशान्ति गाउँपालिकामा छोरालाई खुकुरी प्रहार गरी घाइते बनाउने एक व्यक्तिलाई प्रहरीले आज नियन्त्रणमा लिएको छ ।

बुद्धशान्ति–५ स्थित पानीघट्टाका ६३ वर्षीय हर्कबहादुर कुमालले घरायसी विवादमा छोरा ३५ वर्षीय वसन्तलाई खुकुरी प्रहार गरी शनिबार घाइते बनाएका हुन् ।

टाउकोमा खुकुरी प्रहारबाट गम्भीर घाइते वसन्तको विर्तामोडस्थित विर्तासिटी हस्पिटलमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता महेन्द्रकुमार श्रेष्ठले बताए। छोरालाई खुकरी प्रहार गरी घाइते बनाउने हर्कबहादुरलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ