arrow

जातीय विभेद अन्त्यका लागि पदयात्रा

logo
ईश्वर दत्त बडू,
प्रकाशित २०७५ चैत ३ आइतबार
yatra.jpg

कञ्चनपुर । दुई समाजिक अभियन्ताले आइतबारदेखि महाकाली–मेची ‘नेपाल पदयात्रा–२०१९’ शुरु गरेका छन् । जातीय विभेद अन्त्य गर्ने उद्देश्यका साथ महेन्दनगरदेखि उनीहरुले अहिलेसम्मकै लामो पदयात्राको शुरुवात गरेका छन् ।

जातिय विभेदको अन्त्य गर्नका लागि दलित–ब्रम्हमण युवकले कञ्चनपुरको भीमदत्त नगरपालिका–४ महेन्द्रनगरदेखि यात्रा थालेका हुन् । आइतबार कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी, जिल्लाका दलित अधिकारकर्मी, समाजिक अभियन्ता एव सरोकारवालाको उपस्थितिमा पदयात्राको औपचारिक शुरुवात गरेका हुन् ।

कपिलबस्तुका होमराज आर्चाय र ललितपुरका अशोक दर्नालले जातिय विभेद कामय रहेकाले त्यसलाई ह्यदयदेखि नै अन्त्य गर्नका लागि डेढ महिने यात्रा तय गरेको बताएका छन् । यात्रीलाई भीमदत्त, बेदकोट र महाकाली नगरपालिकाले स्वागत एव सम्मान गरेका छन् ।

 उनीहरु दैनिक २५ किलोमिटर हिड्नेछन् । यात्री होमराज आर्चायले अझैपनि समाजमा जातीय विभेद नहटेकाले यात्राका माध्यमबाट सन्देश दिनका लागि महाकाली मेची पदयात्रा गर्न लागेको बताए । आफु ब्राम्हण भएपनि दलित र गैर दलितविच अदृश्य रुपमा छुवाछुत कायम रहेको उनको भनाई थियो । अर्का अभियन्ता अशोक दर्नालले विगत भन्दा अहिले जातीय छुवाछुत हटेपनि जुन स्प्रीडमा हट्नुपर्ने हो, त्यो नहटेकाले यात्राका माध्यामबाट सन्देश दिईने बताए । महाकालीदेखि उनीहरु मेचीसम्म पुग्नका लागि करिब डेढ महिना समय लाग्ने छ । उनको अभियानमा कञ्चनपुरका दलित अगुवाले समेत साथ दिएका छन् ।

अभियन्ताहरुले आफुहरु विशुद्ध समाजसेवी भएको र कुनैपनि एनजिओ, आईएनजिओबाट सहयोग नदिएको र स्थानीय विकास मन्त्रालयबाट सहयोगको अपेक्षा गरेका छन् । स्थानीय विकास भएकाले उक्त मन्त्रालय बढि जिम्मेबार हुने उनीहरुको तर्क छ । पदयात्राको औपचारिक उद्घाटन कार्यक्रमको संचालन कञ्चनपुरका दलित युवा विद्यार्थी अभियन्ता पवन नेपालीले गरेका थिए । । कञ्चनपुरका सरोकारवालाले जातीय छुवाछुत अन्त्यका लागि हस्ताक्षर गर्दै प्रतिबद्धता जाहेर गरेका छन् ।

उनीहरुले दलित भित्रैको विभेद रहेपनि पहिला दलित र गैरदलितविचको विभेद हट्नुपर्नेमा जोडदिएका छन् ।  दलित अगुवा हरिहर परियारले छुवाछुत अन्त्यका लागि थालिएको अभियान राम्रो भएको बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ