arrow

अनुशासन र निर्वाचन केन्द्रित कांग्रेस बैठक बस्दै

logo
प्रकाशित २०७५ चैत ४ सोमबार
NC-party-office.png

काठमाडौं। लामो समयदेखि आन्तरिक छलफल-विवादमा रहेको नेपाली कांग्रेसको केन्द्रिय कार्यसमिति बैठक बोलाईएको छ। पार्टी केन्द्रीय कार्यलयमा अनुशासन र निर्वाचन समिति गठन लगायत बिषयमा निर्णय हुनेछ।

प्रमुख नेताहरु देश दौडाहाबाट फर्केको अवसरमा पार्टी बिधान अनुसार नियमावली निर्माण, समसमायिक राजनीति लगायतका बिषयहरुमा पनि छलफल हुने बताईएको छ।

यसअघि गत फागुन १४ गते बोलाइएको बैठक सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबीच अनुशासन र निर्वाचन समिति गठनका विषयमा सहमति हुन नसक्दा बैठक बस्दै नबसी स्थगित गरिएको थियो । पार्टी कार्यालयले भने सहमतिका लागि थप छलफल आवश्यक रहेको भन्दै सो बैठक स्थगन गरिएको जनाएको थियो ।

आज पनि केन्द्रीय समिति बैठक बस्नुअघि दुवै पक्षबीच पदाधिकारीस्तरमा समिति गठन सम्बन्धमा सहमतिको प्रयास गरिने बताइएको छ । संयोजकसहित पाँच सदस्य रहने दुवै समितिलाई काङ्ग्रेसमा महत्वको रूपमा लिइन्छ । समिति गठनमा दुवै पक्षले आफू अनुकूल खोज्दा सहमतिमा ढिलाइ भएको बुझिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ