arrow

चार वर्ष हुन लाग्यो अझै तर्साउन छाडेन गोरखा भूकम्पको परकम्पले, न हुन सक्यो पुनर्निर्माण

logo
प्रकाशित २०७५ चैत ४ सोमबार
earthquake-2072-ktm.jpg

काठमाडौँ ।  २०७२ साल वैशाख १२ गतेको गोरखा भूकम्प गएको चार वर्ष पुग्न लागिसकेको छ । मात्र एक महिना बाँकी छँदा अझै पनि उक्त ७.८ रेक्टर स्केलको भूकम्पको परकम्प जान छाडेको छैन । 

पछिल्लो समय सोमबार बिहान ९ बजेर एक मिनेट जाँदा ४.१ रिक्टर स्केलको भूकम्पको परकम्प गएको छ । 

मकवानपुर केन्द्रबिन्दु रहेको उक्त कम्पन गोरखा भूकम्पको परकम्प भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । 

केन्द्रका अनुसार ४ रेक्टर स्केलदेखि माथिका पाँच सय बढी परकम्प गइसकेका छन् । केन्द्रले वर्षौंसम्म त्यसको परकम्प गइरहन सक्ने बताएको छ । 

विज्ञानले धेरै कुराको आविश्कार गरे पनि अहिलेसम्म भविष्यमा जान सक्ने भूकम्पको बारेमा पूर्वानुमान गर्न सकेको छैन । 

भूकम्पविद्हरुले गोरखा भूकम्पले सोचेभन्दा कम क्षति गरेको भन्दै शक्ति संचय भइरहेकाले फेरि ठूलो भूकम्प नेपालमा जान सक्ने आँकलन भने गरिरहेका छन् । 

पुनर्निर्माण नै हुन नसकेको अवस्था
झण्डै १० हजार जनाको ज्यान लिएको उक्त गोरखा भूकम्पपछिको पुनर्निर्माण हुनै सकेको छैन । कतिपय पीडित अझै पनि पालमुनीकै जीन्दगी जिउन वाध्य छन् । 

सरकारले अझैसम्म पीडितका माग पूरा गर्न सकेको छैन । 

प्रधानमन्त्री केपी शर्मा ओलीले धरहरालाई आफ्नै नेतृत्वमा निर्माण गर्ने भनिए पनि सफल हुन सकेको छैन भने राष्ट्रपति विद्यादेवी भण्डारीले २०७२ को माघ २ गते नै रानीपोखरीमा घोषणा गरेको पुनर्निर्माणले त्यही रानीपोखरीलाई पनि पूरा गर्न सकेको छैन । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ