arrow

अपांगता भएकाको सहायक सामग्री मर्मतका लागि सघाउने चिरिबाबु महर्जनको प्रतिवद्धता 

logo
प्रकाशित २०७५ चैत ५ मंगलबार
photo5.jpg

काठमाडौं । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले अपांगता भएकाहरुको सहयोगका लागि आफूले सक्दो प्रयास गर्ने बताएका छन् ।

उनले अपांगता भएकाहरुले प्रयोग गर्ने सहायक सामग्रीहरु मर्मत गर्ने सेन्टर नभएकाले त्यो खोल्नका लागि विशेष सहयोग गर्ने प्रतिवद्धता जनाएका हुन् । 

अब महानगरले ह्विलचेयर गुट्न सक्ने सडक निर्माण गर्न सक्ने प्रतिवद्धता जनाए । 

मेयर महर्जनले त्यही स्वाबलम्बन जीवन पद्धतिमार्फत सघाउने जनाएका छन् । बेलायती प्रध्यापक लुक डे विट, मेयर महर्जन र उपमेयर गीता सत्याल तथा स्वाबलम्बन जीवन पद्धति केन्द्रका प्रतिनिधिबीच यस विषयमा त्रिपक्षीय छलफल भएको हो । 

सबैका लागि पहुंचयुक्त शहरलाई अवरोधरहित बनाउन आजैबाट प्रयास गर्ने, सहायक सामग्री र प्रविधिको विकास र बिस्तार गर्न, केन्द्र सरकार, प्रदेश सरकार, स्थानिय निकाय (ललितपुर महानगरपालिका), स्वाबलम्बन जीवन पद्धति केन्द्र र दातृ निकायबीच समन्वय गरी तत्काल कार्य थालनी गर्नेबारे छलफल भएको छ । 

निकट भविष्यमा संघीय, प्रदेश, स्थानिय निकाय र स्टेकहोल्डरबीच अन्तरकृया गरी ललितपुरमा एडीटी सेन्टर स्थापना गर्न सहमत भएका छन् ।

अपाङ्गता भएका ब्यक्तिहरुको मानव अधिकार प्रत्याभुत गराउन राज्यलाई उत्तरदायी बनाउन आवश्यक रहेको समेत अन्तरकृयामा बताइएको छ । एडीटी सेन्टर सञ्चालन गर्न महानगरपालिका बजेट बिनियोजन गरिसकेको पनि जानकारी गराइएको थियो।

बेलायती प्रध्यापक लुक डे विटले विगतका तुलनामा अपाङ्गता भएका व्यक्तिहरुको मानव अधिकार प्रत्याभुत गराउने विषयमा धेरै कामहरु भए पनि सबै वर्ग र क्षेत्रको साथ जरुरी रहेको बताएका छन् । 

कार्यक्रममा केन्द्रका अध्यक्ष भोजराज श्रेष्ठ, कृष्ण गौतम लगायतको समेत उपस्थिति रहेको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ