arrow

सहयोगीकै चंगुलमा फसे लालबाबु पण्डित

logo
प्रकाशित २०७५ चैत ५ मंगलबार
Lalbabu-Pandit.jpg.jpeg

काठमाडौं । अघिल्लो कार्यकालमा चर्चाको शिखरमा पुगेका लालबाबु पण्डितले अघिल्लो कार्यकालमा पूरा गर्न नभ्याएका कामहरु पूरा गर्छन् भन्ने आशा धेरैलाई थियो । अघिल्लो पटक तत्कालीन सामान्य प्रशासन मन्त्रीको जिम्मेवारी पाएका मन्त्री पण्डितलाई प्रधानमन्त्री केपी ओलीले दोस्रो कार्यकालमा पनि सोही जिम्मेवारी दिएको भएपनि सहयोगीको धेरै विश्वास गर्दा लालबाबु पण्डितले अपेक्षित काम गर्न नसकेको मन्त्रीका सहयोगीहरुले आरोप लगाउने गरेका छन् । 

लालबाबु पण्डित निकट स्रोतका अनुसार पण्डितको नाम विकाएर आफ्नो स्वार्थ पूर्तिमा केन्द्रीत हुने केही सहयोगीहरुका कारण अघिल्लो कार्यकालमा लोकप्रिय मन्त्रीको लोकप्रियता समेत घट्दै जान थालेको छ । कर्मचारीहरुको सरुवा बढुवामा प्रत्यक्ष प्रभाव पार्न सक्ने मन्त्रालय भएकोले यहाँ उनका सहयोगीहरु कर्मचारीहरुको सरुवा बढुवामा चलखेल गर्ने गरेका छन् । आफ्नो विचारधारासँग मिल्ने र एउटै पार्टी निकटमा पनि आफ्ना पक्षीय कर्मचारीहरुलाई काखी च्यापेर अरुलाई भिन्न व्यवहार गर्ने काममा उनका सहयोगीहरु नै बढी सक्रिय हुने गरेका छन् । 

यसरी मन्त्रालयमा बसेर सरुवा बढुवामा प्रभाव पार्नेकाममा पण्डितकै निर्वाचन क्षेत्रका सत्यनारायण चौधरी बढी सक्रिय छन् । दिनभरी मन्त्रालयमा नै बसेर कर्मचारीहरुलाई आस्था र निकटस्थताको आधारमा सरुवा गर्नसक्ने भएकोले उनले भने अनुसारको प्रस्ताव मन्त्रालयबाट स्वीकृत गराउन कर्मचारीहरु समेत बाध्य हुने गरेको आरोप एक कर्मचारीले लगाएका छन् । चौधरी नेकपाको १ नम्बर प्रदेश कमिटी सदस्य छन् । चौधरीसँगै पण्डितका अरु केही सहयोगीहरुकाम नै दिनभरी मन्त्रालयमा आएर आफू अनुकूलको काम गराउन कर्मचारीहरुलाई दबाब दिने र भनेजस्तो नभएमा सरुवाको धम्की दिने रहेको एक कर्मचारीले नाम नबताउने शर्तमा जानकारी दिए । 

पण्डितका सहयोगीहरु आफुलाई मन्त्री पण्डितको खास मान्छे भन्दै सरुवामा चलखेल गरेर मोटो रकम असुल्ने गरेको समेत मन्त्रालयका कर्मचारीहरुको आरोप छ । त्यति मात्रै होइन मन्त्रालयबाट बिभिन्न नम्बर प्लेटका गाडीमा शहर परिक्रमा गर्दै रवाफ देखाउनमा समेत ती सहयोगीहरु व्यस्त देखिन्छन् । यसरी मन्त्रीलाई विश्वासमा लिएर आफ्नो स्वार्थ पूरा गर्ने अर्का सहयोगी हुन् मन्त्री पण्डितका स्वकिय अधिकृत धर्म भट्टराई । उनीहरुले केही दिन अघि एक कर्मचारीलाई अघिल्लो दिन एक ठाउँमा सरुवाको पत्र काटेर भोलि पल्टै अर्काे ठाउँका सरुवा पत्र थमाएको आरोप समेत ती कर्मचारीले लगाएका छन् । 

यी सबै घट्नाक्रमबाट मन्त्री पण्डित बेखबर छन की चुपचाप बसिरहेका छन् बुझ्न कठिन छ । अघिल्लो पटक सामान्य प्रशासन मन्त्री बन्दा डीभीपिआर धारी कर्मचारी कडाई गर्ने कानुन ल्याएर वाहवाही कमाएका मन्त्री पण्डित अहिले भने कुहिरोमा हराएको काग जस्तै भएका छन् । कहिले इन्धन काण्ड, कहिले गाडी काण्डमा फसिरहेका छन् । उनलाई बदनाम गराउन उनकै स्वकिय टिम समेत लागिपरेको छ । स्वकिय सचिव मनोज राई समेत सबै गलत कामहरु प्रति अन्देखा गरिरहेका छन् । मन्त्री पण्डितलाई सानो घेरामा सिमित राखेर यतिबेला मन्त्रालयलाई कमाई खाने अड्डाका रुपमा विकास गरिँदै छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ