arrow

प्रचण्डलाई पक्राउ गर्न माग गर्दै अमेरिकामा उजुरी

logo
प्रकाशित २०७५ चैत ५ मंगलबार
Prachanda-new-FNL.jpg.jpeg

काठमाडौं । पूर्व प्रधानमन्त्री समेत रहेका नेकपा अध्यक्ष प्रचण्डलाई पक्राउको माग गर्दै अमेरिकामा उजुरी परेको छ । अमेरिकी विश्वविद्यालयमा अध्ययनरत नेपाली तिलक बहादुर श्रेष्ठले अमेरिकी गुप्तचर संस्था एफबिआईमा उजुरी दिँदै पूर्व प्रधानमन्त्री प्रचण्डलाई पक्राउ गर्न भनिएको छ । 

उजुरीमा प्रचण्डलाई परिचित आतंकवादी भनिएको छ । उनले जनयुद्धको समयमा १७ हजार नेपालीको ज्यान लिएको र उनको नाम अमेरिकाको आतंकवादीको सूचीमा समेत रहेकोले उनलाई पक्राउ गरी कारबाही गर्नको लागि आग्रह गरिएको छ । 

श्रीमती सीता दाहालको उपचारको लागि अमेरिका पुगेका प्रचण्ड जोन हकिङ्स अस्पतालमा रहेको बताउँदै उजुरीकर्ता श्रेष्ठले नैतिक मूल्य र मान्यता, अन्तराष्ट्रिय कानून र अमेरिकाले आतंकवाद विरुद्ध लिएको प्रतिवद्धताको आधारमा उनलाई पक्राउ गर्नुपर्ने उल्लेख गरेका छन्। 

प्रचण्डलाई पक्राउको माग गर्दै दिइएको उजुरी जस्ताको त्यस्तै ।

Dr. Tilak Shrestha March 17, 2019

Subject: A terrorist is visiting USA Federal Bureau of Investigation Baltimore,

MD Dear Madam \ Sir,

Regards It is to report the visit of a known terrorist Mr. Pushpa Kamal Dahal, also known as ‘Prachand’, from Nepal this week. Earlier, he was in the American terrorists list. His insurgency killed over 17,000 poor Nepalese. He is visiting ‘John Hopkins Hospital \ John Hawkins Hospital’ for the medical treatment of his wife Mrs. Sita Dahal. Please consider American stand on terrorism, our moral values, internal and international legal obligations on terrorism. I don’t know where I am supposed to report. Please forward it to the relevant office. Thank you very much.

Sincerely,

Tilak B. Shrestha,

Ph.D. Research Associate Kentucky State University Frankfort, KY



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ