arrow

उपनाम राखेर पनि नागरिकता लिन पाइने

logo
हाम्रा कुरा
प्रकाशित २०७५ चैत ५ मंगलबार
kirte-citizenship.jpeg

काठमाडौँ । कुनै व्यक्तिले चाहेमा उपनाम राखेर पनि नागरिकता लिन पाउने भएका छन् । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको मंगलबारको बैठकले सम्बन्धित समुदायको थर वा अरु कुनै उपनाम राखी नागरिकता लिन पाउने विषयमा सहमति जुटाएको हो ।

थर वा जात नजनाइकन उपनाम राखेर पनि नागरिकता लिन पाउने विषयमा आजको बैठकले सहमति जुटाएको सभापति शशि श्रेष्ठले जानकारी दिइन्। यस्तै महिला, पुरुष जस्तै अन्य जनाएर पनि तेस्रो लिङ्गीले पनि नागरिकता लिन पाउने विषयमा बैठकले सहमति जनाएको छ । महिला पुरुष नलेखी अन्य लेखेर नागरिकता लिँदा भने मान्यता प्राप्त चिकित्सकले प्रमाणित गरेको भने हुनुपर्नेछ ।

समितिले ऐन बने पनि नयाँ नागरिकता प्राप्त गर्ने व्यक्तिले नागरिकतामा उल्लेखित थर वा उमेर शैक्षिक योग्यताको प्रमाणपत्रमा फरक पर्न गएमा नागरिकता जारी भएको एक वर्षभित्र आधार र प्रमाणसहित त्रुटी सच्याउन पाउने व्यवस्था गरेको छ ।

यसैगरी यसअघि नागरिकता प्राप्त गरिसकेको व्यक्तिको हकमा पनि ऐन जारी भएको एक वर्षभित्र आधार र प्रमाणसहित त्यस्ता त्रुटीसमेत सच्याउन सक्नेछन् । यस्तै नागरिकतामा हुन सक्ने सामान्य त्रुटीहरु वा आकार इकारमा फरक परेमा त्यस्ता समस्यामा पनि जुनसुकै समयमा सच्याउन सक्ने विषयमा समितिले सहमति जुटाएको छ ।

बहादुर, प्रसाद , नाथ, देवीजस्ता बीचको नाम जनाउने विषय बढी भए वा थप गर्नुपरे त्यस्ता समस्या सच्याउन सकिने निर्णय गरेको हो । समितिको बैठकमा नागरिकताका अन्य धेरै विषयमा छलफल भए पनि अन्य विषयमा समेत सहमति जुट्न सकेन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ