arrow

प्रहरी प्रशिक्षण थप परिष्कृत गरिन्छ : सर्वेन्द्र खनाल

logo
प्रकाशित २०७५ चैत ५ मंगलबार
Sarbendra-khanal.jpg

काठमाडौँ ।  नेपाल प्रहरीको प्रशिक्षण प्रणालीलाई परिष्कृत बनाइने भएको छ । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरी सङ्गठनलाई समयसापेक्ष बनाउन दक्ष जनशक्ति उत्पादनका लागि प्रशिक्षण प्रणालीलाई थप परिष्कृत बनाइने बताएका हुन् ।  

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा आव २०७६÷७७ को तालीम योजना निर्माणसम्बन्धी आयोजित चार दिने गोष्ठीको आज समापन कार्यक्रममा प्रशिक्षण प्रणालीमा सुधार ल्याउन गोष्ठीका निष्कर्ष महत्वपूर्ण र फलदायी हुने उल्लेख गर्दै उहाँले आएका निष्कर्ष र योजनालाई उच्च प्राथमिकताका आधारमा लागू गर्दै जाने उल्लेख गरे ।

प्रहरी सेवाप्रति निष्ठावान् जनशक्ति उत्पादन गर्न तालीम प्रदायक निकायहरुले तालीमको सामग्री, पाठ्यक्रममा विशेष ध्यान दिनुपर्ने उहाँले बताए । नियमित गतिविधिलाई थप परिमार्जन गरी नयाँ रचनात्मक विषयवस्तु समावेश गरी वार्षिक तालीम योजना निर्माण गर्नुपर्नेमा उनले जोड दिए।

उहाँले तालीम केन्द्रले आवश्यकताअनुसार इलाइब्रेरी, तालीमका लागि सहयोग सामग्री, भिडियो कन्फ्रेन्स लगायतलाई उचित प्रयोग गरी तालीम दिनुपर्ने उल्लेख गरे । सो अवसरमा प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक धिरु बस्न्यातले गोष्ठीको सारसङ्क्षेप प्रस्तुत गर्दै मुलुकको बदलिँदो सुरक्षा संवेदनशीलतालाई दृष्टिगत गरी आत्मबलयुक्त, निर्भिक बनाउनेतर्फ ध्यान दिएको बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ