arrow

द्वन्द्वकालीन मुद्दामा गोविन्द केसीको चासो, राष्ट्रसंघलाई बुझाए ६ बुँदे ज्ञापनपत्र

logo
प्रकाशित २०७५ चैत ५ मंगलबार
Govinda-kc-new-photo.jpg.jpeg

काठमाडौं । डा. गोविन्द केसी सहित ४ जना न्यायाधीवक्ताहरुले द्वन्द्वकालमा भएका गम्भीर मानवअधिकार उल्लंघनका मुद्दामा कारबाही गर्न माग गरेका छन् । मंगलबार राष्ट्र संघमा ज्ञापन पत्र बुझाएर उनीहरुले गम्भीर मानवअधिकार उल्लंघनका मुद्दामा अन्तराष्ट्रिय समुदायको ध्यानाकर्षण भएको समेत उल्लेख गरिएको छ । 

केसीका अतिरिक्त अधिवक्ता ओमप्रकाश अर्याल, इन्जिनियर प्रितम सुवेदी र अधिवक्ता शिवहरि तिमल्सिनाले यस्तो ज्ञापन पत्र बुझाएका हुन् । यो विज्ञप्ती यस्तो समयमा आएको छ । जतिबेला नेकपा अध्यक्ष पुष्पकमल दाहाल श्रीमती सीता दाहालको उपचारका लागि अमेरिकामा छन् । 

६ बुँदामा बुझाईएको ज्ञापनपत्रमा उनीहरुले संक्रमणकालीन न्याय प्रक्रियालाई सदैव पीडित मैत्री बनाउनुपर्ने, पीडक पक्षको रणनीतिक स्वार्थ बमोजिमको पीडित साक्षी र प्रमाणलाई निस्तेज गर्ने प्रपञ्चको अन्त्य हुनु पर्ने र पीडित पक्षको सशक्तिकरण सहित तत्कालीन र दीर्घकालीन परिपुरणको व्यवस्था हुनुपर्ने माग समेत संयुक्त राष्ट्र संघसँग गरेका छन् । 

हरिहरभवन स्थित संयुक्तराष्ट्र संघको कार्यालयमा पुगेर उनीहरुले ज्ञापनपत्र बुझाएका हुन् । उनीहरुले संक्रमणकालीन न्याय प्रक्रियालाई पीडक पक्षको हस्तक्षेपबाट मुक्त गर्नको लागि न्यायालय, राष्ट्रिय मानवअधिकार आयोग, संयुक्त राष्ट्र संघीय संयन्त्रहरु, मानवअधिकार समुदाय, सञ्चार जगत तथा आम नागरिकको सक्रियता बढाउनुपर्नेमा समेत उनीहरुले जोड दिएका छन् । 
Image may contain: text

Image may contain: text



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ