arrow

ब्राउन सुगरसहित पाल्पाबाट २ पक्राउ

logo
प्रकाशित २०७५ चैत ५ मंगलबार
brown-sugur.jpg

पाल्पा ।  पाल्पा सदरमुकाम तानसेनको व्यस्त बजारबाट ब्राउन सुगरसहित २ जना पक्राउ परेका छन् । प्रहरीले तानसेन ४ हुलाकमोडबाट रुपन्देही साविक फरेना गाविस ५ घर भई हाल तानसेन ४ डेरा गरि बस्ने २० बर्षका सहाबुद्धिन नाउँले र पाल्पा तानसेन नगरपालिका ५ बस्ने २४ बर्षका मोहमद मिँयालाई लागुऔषध ब्राउन सुगर खरिद गरी बोकेर हिडेको सुचनाको आधारमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

 जिल्ला प्रहरीक कार्यालय पाल्पाका प्रहरी निरिक्षकको कमाण्डमा गएको टोलीले पक्राउ परेका सहाबुद्धिन नाउँको शरीर खानतलासी गर्दा उनको साथबाट ब्राउन सुगर जस्तो २६ मिलिग्राम र नगद १ हजार ५ सय रुपँया फेला पारेको जनाएको छ ।

 साथै महोमद मिँयालाई पनि म्याद थप गरि अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ